कञ्चनपुर : सामुदायिक विद्यालयहरुमा छात्राहरुको व्यक्तिगत सरसफाई व्यवस्थापनका लागि र प्रधानाध्यापक र लैङ्गिक सम्पर्क शिक्षकहरुको लागि १ दिने अभिमुखिकण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय कञ्चनपुरको आयोजनामा प्रदेश सरकारको आर्थिक सहयोगमा प्रदेश सरकारको आ.व. ७९/८०को वार्षिक स्विकृत कार्यक्रम अनुसार एउटा पालिकाका २ वटा माध्यमिक विद्यालय गरी ९ पालिकाकाका १८ विद्यालयहरुका छात्राहरुको व्यक्तिगत सरसफाई व्यवस्थापनका लागि विद्यालयका प्रधानाध्यापक र लैङ्गिक सम्पर्क शिक्षकहरु सँग १ दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

कञ्चपुनर जिल्लाका १८ समुदायिक विद्यालयका १८ जना प्रधानाध्यापक र १८ लैङ्गिक सम्पर्क शिक्षक गरी ३६ जना शिक्षको सहभागीता रहेको थियो । सामुदायिक विद्यालयका प्र.अ. र लैङ्गिक शिक्षकलाई अनुदान रकम खर्च गर्ने तरिकाबारे छलफल गरेका छन् । सामुदायिक विद्यालयका छात्राहरुको लागि व्यक्तिगत सरसफाईले हुने फाइदा र असर बारे समेत छलफल भएको छ । संघिय सरकारबाट आउने सेनेटरी प्याडको कार्यान्वयनको अवस्था, त्यसको समस्या र भावि कार्य नितिमा सहयोग पुग्ने कार्यक्रमको मुख्य लक्ष्य रहेको छ । विद्यालयमा छात्राहरुको सेन्टरी प्याड व्यवस्थापन प्रयोग र त्यसको व्यवस्थापनका साथै त्यसले गरेको असर बारे समेत छलफल भएको छ । सामुदायिक विद्यालयमा सेनेटरी प्याडको प्रयोगले छात्राहरुको संख्यामा वृद्धि भएको र गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुनुका साथै आन्तरीक क्षमता वृद्धि र सुरक्षित तरीकाले पठनपाठन गर्न सहज भएको सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख धर्मराज जोशीले बताउनु भयो ।

संघिय सरकारबाट आउने सेनेटरी प्याडको प्रयोगले छात्राहरुको पठन पाठनमा पहिलेको भन्दा अहिले सुविधा युक्त भएको छ । पहिले मेन्सुलेसन हुदाँ ईन्टरबलमा छात्राहरु आफनो समस्या बताएर घर जाने गर्दथे भने अहिले संघिय सरकारबाट आउने सेनेटरी प्याडले छात्राहरुको त्यो समस्या हटेका जेसिज मा.वि. राजिपुरकी प्रधानाध्यापक विमला बोगटी बताउनु भयो । साथै यस अभिमुखीकरण कार्यक्रमले सरसफाई व्यवस्थापन, पानीको व्यस्थपान र यसप्रकारको व्यवस्थपन नभएको विद्यालयलाई पनि आगामी दिनमा सरसफाई व्यवस्थापन गरी लैजाने बताउनु भयो । महिनावारी भएको बेला शारिरीक मानसिक कमजोरी हुने गर्दछ हाम्रो परम्पराले गर्दा यस्ता समस्या भोग्नु पर्ने समस्या छ । त्यसलाई निराकरण र निर्मुलीकरण गर्न यो कार्यक्रमको उद्देश्य रहेको र यस कार्यक्रमले अभिभावन तथा विद्यार्थीहरुमा जनचेतनाको सन्देश पनि दिनेमा विश्वस्त रहेको जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहराले बताउनु भयो । धार्मिक सांस्कृतिक मान्यताका कारण महिलाहरुमा हुने प्रकृतिक महिनावारी भएका चेलीबेटीलाई निकै तिरस्कृतरुपमा अझै पनि हेर्ने गरको पाईन्छ । जसले गर्दा छात्राहरुमा अझै पनि समाजिक मान्यताका कारण आफु महिनावारी भएको बेला हिनताबोध गर्ने गर्दछन् र यस प्रकारका परम्परालाई हटाउनको यस प्रकारका अभिमुखिकरण कार्यक्रमले सहयोग गर्ने सहभागीहरुको भनाई रहको छ ।

सामुदायिक विद्यालयहरुमा छात्राहरुको व्यक्तिगत सरसफाई व्यवस्थापनका लागि र प्रधानाध्यापक र लैङ्गिक सम्पर्क शिक्षकहरुको लागि १ दिने अभिमुखिकण कार्यक्रमको सभापतित्वमा सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख धर्मराज जोशीले गर्नू भएको थियो भने कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहरा रहनु भएको थियो त्यसैगरी विशिष्ट अतिथीमा शिक्षा विकास तथा समन्वय ईकाइ शाखा अधिकृत रुपराम तिरुवा, र शिक्षा विकास निर्देशानालय धनगढीका शाखा अधिकृत कृष्ण बहादुर बोहराको उपस्थिती रहको थियो । कार्यक्रम सञ्चालन जिल्ला विकास कार्यालयका समाजिक विकास अभियन्ता लक्ष्मी भट्टले गर्नु भएको थियो ।






