नदी कटानी नियन्त्रण सुनिश्चित नहुँदासम्म उत्खनन् गर्न नदिने स्थानीयको चेतावनी


कञ्चनपुर: नदीकटानी नियन्त्रण सुनिश्चित नहुँदासम्म उत्खनन् गर्न नदिने शुक्लाफाँटा नगरपालिकाका स्थानीयले चेतावनी दिएमका छन । नगरपालिकाले चालु आर्थिक बर्षमा नदीजन्य पदार्थबाट रोयल्टी संकलनका लागि सुनबरा, बनहरा नदीबाट नदीजन्य पदार्थ उत्खन्नका लागि ठेक्का लगाएको छ । नगरपालिकाले गणपति कस्ष्ट्रकसन प्रालिसंग ६८लाख १३ हजारमा सम्झौता भएको छ । तर नदी प्रभावित तटिय क्षेत्रका स्थानीयले नदी कटानी नियन्त्रण सुनिश्चितता नहुँदासम्म उत्खनन् गर्न नदिने चेतावनी दिएका छन । स्थानीयले कमिसनका लागि बस्ती नै विपद्को धरापमा पर्ने गरी नदीखोला ठेक्का लगाउने कार्य निन्दनिय भएको बताए ।

स्थानीयहरुले तटबन्ध निर्माण, सडक निर्माण कार्य, रोयल्टी बाफत स्थानीय विकास निर्माणमा खर्च गर्ने सहमती नजनाएरसम्म उठान नदिने चेतावनी दिएका छन । उनीहरुले एकतर्फी रुपमा नदी दोहन हुने र हाम्रो घरबासी उठिबासी हुने हुँदा नदीजन्य पदार्थ उत्खनन् गराउने कार्यबाट केही नगरपालिकामा मान्छे मोटाउने काम हुने र आफुहरुको उठिबासी हुने भन्दै रोकथाममा जोडदिएका छन ।


ताजा समाचार

spot_img