कञ्चनपुर :चुनावको मौका छोपी लागु औषध तस्करी गर्ने एक तस्करलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले टोलीले कृष्णपुर नगरपालिका २ वाणी क्षेत्रबाट चरेश सहित एक युवकलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले वाणि क्षेत्रमा झोलाबोकी हिडिरहेका शंकास्पद व्यक्तिमाथि चेकचाँच गर्ने क्रममा लागु औषध सहित पक्राउ गरिएको बताए । पक्राउ पर्नेमा नैनसिह बोहरा रहेका छन । महाकाली नगरपालिका ९ दल्लेकका ४१ बर्षिया नैनसिह बोहरा पक्राउ परेका छन । बोहराको साथबाट ३किलो २९६ग्राम लागु औषध चरेश बरामद गरिएको छ ।

प्रभु लाईभ लेखिएको कालो झोलाभित्र लागु औषध तस्करी गरिहेको अवस्थामा पक्राउ गरिएको छ । बोहराले कालो झोलाभित्र सेतो प्लाष्टिकमा लुकाई राखेको चरेश बरामद गरिएको हो । बोहराले उक्त चरेश कहाँबाट ल्याएको बिक्रिका लागि लैजाने लागेका हुन वा भरीया हुन भन्दे विषयमा प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ ।







