दोधारा । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ (ख) स्वतन्त्र समुहका प्रदेश सभाका उम्मेदवार भिम कुमालले घरदैलो र भेटघाटलाई सशक्त बनाउदै लगेका छन् । उम्मेदवार कुमालले दोधारा चाँदनी नगरपालिकाको सुगम तथा दुर्गम बस्तीमा समेत सशक्तरुपमा आफ्नो चुनावी प्रचार प्रसारलाई तिब्रता बनाउदै लगेका छन् । चुनाव नजिकिदै गर्दा चुनावी प्रचार प्रसारलाई अझै सशक्त बनाउदै लगेका छन् । आज दोधारा चाँदनी नगरपालिकाको ग्रामिण बस्ती तथा बाढी ग्रस्त बस्तीमा समेत उम्मेदवार कुमालले घरदैलो र युवाहरु संग भेटघाटलाई तिब्रता दिएका छन् ।


आफ्नो चुनाव चिन्ह लालटिनमा भोट हाली निर्वाचनमा बहुमतले बिजय बनाउन स्थानिय मतदाताहरुलाई आग्रह गर्दै आएका छन् । दोधारा चाँदनी नगरपालिका सबै वडा तथा टोलमा उम्मेदवार कुमालले चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । उम्मेदवार कुमालले संन्चो बिसन्चो सोध्दै आफुलाई जिताउन भोट मागिरहेका छन् । खेतवारी तथा घरदैलोमा पुगेका उम्मेदवार कुमाललाई मतदाताले विशेष गरि सडक, खानेपानी, विद्युत लगाएतका माँग राख्ने गरेका छन् । आफ्ना माँग पूरा गर्ने उम्मेदवारलाई भोट हाल्ने स्थानीय बताउछन् ।


प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनको मिति जति जति नजिकिदै गईरहेको छ् उम्मेदवार कुमाल घरदैलो कार्यक्रम समेत त्यही गतिमा तीव्रता दिएका छन् । वडा, बस्तीमा जनता माँझ पुगिरहेका स्वतन्त्र समुहका उम्मेदवार कुमाल दोधारा चाँदनी नगरपालिकाको विकासमा राजनीतिकरण भईरहेकाले आफु स्वतन्त्र रुपमा विकासकै लागि आएको भन्दै मतदातालाई रिझाउने प्रयास गरिरहेका छन् । उनी कोरोना संक्रमण नियन्त्रणको बेला स्थानियबासी, सुरक्षाकर्मी, स्थानिय सरकारलाई नगद रकम, खाद्यान्न, लत्ताकपडा तथा स्वाथ्य सामग्री सहयोग गरेका थिए ।







