कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को परिचयात्मक तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीको आयोजनामा दोधारा चाँदनी नगरपालिका– १ मा रास्वपाको परिचयात्मक तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको रास्वपा दोधारा चाँदनीका नगर सभापती पुरन कुमालले जानकारी दिनुभएको छ् । कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि ५० बढी युवाहरुले रास्वपाका प्रबेश गरेको सभापती पुरन कुमालले बताउनुभयो । कार्यक्रममा पार्टीको नीति, विचार तथा भावी कार्यदिशा बारे खुला छलफल गरिनुका साथै नवप्रवेशी सदस्यहरुलाई हार्दिक स्वागत तथा सफल राजनीतिक यात्राको शुभकामना व्यक्त गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी दोधारा चाँदनीका नगर सभापती पुरन कुमालले बताउनुभएको छ् ।

सबै मिलेर सुशासन स्थापित गर्न रास्वपाको साँझा यात्रामा हातेमालो गर्दै अगाडि बढ्नु पर्ने उहाँले बिचार ब्यक्त गर्नुभएको छ् । परिचयात्मक तथा पार्टी प्रबेश कार्यक्रम बोल्दै रास्वपा जिल्ला कमिटि कञ्चनपुरका सभापती पदम बिष्टले पार्टी प्रति व्यक्त गरिएको भरोसा र आशाका लागि सम्पूर्ण पार्टी परिवारको तर्फबाट कृतज्ञता व्यक्त गर्नुभएको छ् । सहभागितामूलक विकासनै अबको विकासको मार्ग भएको उल्लेख गर्दै सभापती पदम बिष्टले अबका दिनहरुमा जिम्मेवार र समन्वयात्मक ढंगले संगै अगाडि बढ्ने बताउनुभयो ।

रास्वपा जिल्ला कमिटि कञ्चनपुरका सभापती पदम बिष्टले आगामी स्थानिय निर्वाचनमा दोधारा चाँदनी नगरपालिका क्षेत्रलाई समेत घण्टीमय बनाउनको लागी अहिले देखि कस्सीन आफ्ना सबै तथा नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ् । नवप्रवेशी सदस्यहरुलाई हार्दिक स्वागत तथा सफल राजनीतिक यात्राको शुभकामना प्रदान गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीले जनाएको छ् ।











