कञ्चनपुर: अखिल नेपाल फुटबल संघ एन्फा कञ्चनपुर प्रशिक्षक पुष्कर शाही र पत्रकार विकास सिह महता लाई सम्मान गरिएको छ । कञ्चनपुर जिल्ला फुटबल संघले प्रशिक्षक शाही र पत्रकार महतालाई सम्मान गरेको हो ।
बिहीबार महेन्द्रनगरमा फुटबल संघको ६औँ बार्षिक साधारण सभामा प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय महासचिव इन्द्र मान तुलाधर र सभापति जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दले खेलकुद क्षेत्रमा निरन्तर जिल्ला फुटबल संघ कञ्चनपुरको संस्थापक अध्यक्ष हुँदै फुटबल प्रशिक्षक सम्मको यात्रा फुटबल लाई निरन्तर आत्मसात गर्दै गरिएको अतुलनीय योगदानको कदर गर्दै प्रशिक्षक शाही र पत्रकार महताले फुटबल क्षेत्रमा संचारका क्षेत्र सहित फुटबल खेलकुद प्राविधिक रुपमा अतुलनिय भूमिका निर्वाह गरेको भन्दै संघले प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको छ ।

सुदूर दर्पण दैनिकका सह सम्पादक समेत रहेका पत्रकार महता कञ्चनपुर खेलकुद समितिका सदस्य पनि हुन उनी नेपाल पत्रकार महासंघ जिल्ला समिति का सदस्य समेत हुन। पत्रकार महता सहित फुटबलका प्रशिक्षक पुष्कर शाहीलाई समेत सम्मान गरिएको र फुटबल संघ कञ्चनपुरका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा संघको साधारण सभा उद्घाटन समारोह सकिएको छ । अहिले नेतृत्व चयनका लागि प्रकृया शुरु भएको छ ।