एमाले बेलडाँडीबाट प्रमुख उप प्रमुखका लागि विद्यार्थी नेतादेखि जनप्रतिनिधी समेत आकाँक्षी


कञ्चनपुर: २७ आगामी स्थानीय तहको निर्वाचनका लागि एमालेबाट कञ्चनपुरको बेलडाँडीमा विद्यार्थी नेतादेखि जनप्रतिनिधी पुन देखिएका छन । एमाले बेलडाँडी गाँउकमिटीले आइतबार प्रमुख उप प्रमुखका आँकाक्षीको नामावली सिफारिस गरेको छ । एमाले बेलडाँडीका युवा नेता एव कञ्चनपुरका विद्यार्थी नेता बिक्रम थापाले बेलडाँडीमा एमालेबाट विद्यार्थी नेतादेखि जनप्रतिनिधी पुन देखिएको बताए ।

नेता थापाका अनुसार प्रमुखका विद्यार्थी विद्यार्थी नेता कमल रोकाया, ईन्द्र पौडेल, पुर्व जनप्रतिनिधी समेत रहेका भीम बहादुर थापा, हालकै जनप्रतिनिधी कमलादेवी कार्की, धन बहादुर थापा(क्षेत्री), गणेश प्रशाद उपाध्याय, लक्ष्मण सिह भाट देखिएका छन । पौडेल अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य र रोकाया कञ्चनपुर जिल्ला अध्यक्ष हुन । भने उप प्रमुखमा लक्ष्मी भट्ट, गणेश बहादुर विष्ट, फुलकुमारी राना, बसन्ती जोशी, देवकी बुढा देखिएका छन । उप प्रमुखमा भट्ट र विष्ट जनप्रतिनिधी हुन । भट्ट सबैभन्दा बलिया चर्चित उम्मेदबार रहेको एमाले बेलडाँडीका नेताहरुले बताएका छन । अन्य पार्टीका उम्मेदवार उछिन्न भट्टले नै सक्ने नेताहरुको आँलकन छ ।


ताजा समाचार

spot_img