बेदकोटका सबै वडाहरुमा एकसाथ माओवादी केन्द्रद्वारा वडा स्तरका नेता कार्यकर्तालाई प्रशिक्षण


कञ्चनपुर: नेकपा माओवादी केन्द्रले कञ्चनपुरको बेदकोट नगरका सबै वडाहरुमा एक साथ चुनावी राजनीतिक प्रशिक्षण दिएकोछ । माओवादी केन्द बेदकोट नगगरले एकसाथ आईतबार राजनीतिक प्रशिक्षण दिएको हो । माओवादी केन्द्र बेदकोट नगरका सचिव दान बहादुर बमले आशन्न स्थानीय तहको निर्वाचनलाई मध्य नजर गरेर बेदकोट नगरका १०वटै वडाहरुमा एकसाथ प्रशिक्षण सम्पन्न भएको बताए ।

उनका अनुसार १देखि १०नम्बरका सबै वडाहरुमा प्रद्रेश, जिल्ला,पालिका स्तरका शिर्ष नेताहरुले वडा स्तरका नेता कार्यकर्ताहरुलाई चुनावी राजनीतिक प्रशिक्षण दिएको बताए । माओवादी केन्द्र बेदकोट नगरका अध्यक्ष लाल परियारले वडा स्तरमा प्रशिक्षणसंगै उम्मेदवार छनौटको काम समेत शुरुवात गरिने बताउँदै पार्टीका चुनावी एजेण्डा लिएर नेता कार्यकर्ता जनताको घरदैलोमा जाने बताए । जसको नीति उसैको नेतृत्व नहुँदा जनताले चाहे अनुरुप काम गर्न नसकिएको माओवादी नेताहरुको भनाई छ ।

माओवादी केन्द्र वडा स्तरका नेता कार्यकर्ताहरुले जनता माओवादीकै पक्षमा भएको र माओवादीले ल्याएका उपलब्धी बारे बुझाउन नसक्दा जनताले जनमत अर्को पार्टीलाई दिईरहेकाले जनतालाई स्पष्ट बुझाउनुपर्ने बताए । माओवादी केन्द्रले ल्याएका उपलब्धी संस्थागत गर्दै गाँउलाई सम्बृद्धि बनाउन समेत माओवादी केन्द्रकै नेतृत्व अपरिहार्य रहेकाले चुनावी अभियानमका खटिन समेत नेताहरुले कार्यकर्तालाई निर्देशन दिएका छन । माओवादी केन्द्रले नेता कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिदै उम्मेदवार छनौटको काम समेत वडास्तरबाटै छनौट गरेर माथिल्ला कमिटिमा पठाउने भएका छन ।


ताजा समाचार

spot_img