‘यस्तो छ अर्थतन्त्रबारे पुर्वअर्थमन्त्री युवराज खतिवडाको स्पष्ट धारणा’


धिरेन्द्र भट्ट/कञ्चनपुर: नेकपा एमालेका नेता तथा पुर्व अर्थमन्त्री युवराज खतिवडाले गठबन्धनको सरकार गठन भएदेखि नेपालको अर्थतन्त्रमा गडबडी देखा परिरहेको आरोप लगाएका छन। आइतबार अर्थतन्त्रबारे नेकपा एमालेले आयोजना गरेको कार्यक्रमा बोल्दै खतिवडाले भनेका छन, ‘हामिले सरकार छोड्दा ट्रेजरिमा झन्डै झन्डै १९५ अर्ब रुपैयाँ थियो र त्यतीखेरको अवस्थामा बैंकको निक्षेप २१५ ले बढेको थियो, कर्जाको वृद्धि सन्तुलनमा हुँदा खेरी बैंकिङ क्षेत्रमा तरलताको समस्या थिएन, र ब्याजदर एकल अङ्कमा सिमित थियो त्यसले गर्दाखेरी निजि लगानिको लागि त्यति ठूलो अप्ठ्यारोको स्थिति थिएन, बिदेशी मुद्रा संचिति करिब करिब १४ खर्ब भएको थियो तर अहिले उल्लेखित रुपमा घटी सकेको छ’।कार्यक्रममा बोल्दै खतिवडाले भन्नुभयो, ‘गठबन्धन सरकार आएपछि अहिले खाद्य बस्तुहरुको असाध्यै धेरै मुल्य वृद्धि भएको छ। यातायात, पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको छ, यसरी मुल्य वृद्धिको कारणले आवागमन, यातायात सेवा लागतको अतिरिक्त उपभोग्य बस्तुको चर्को मुल्य वृद्धिको कारण सर्वसाधारणको जनजीवन कष्टकर भइरहेको छ’।

खतिवडाले बर्तमान सरकारलाई आक्षेप लगाउदै भन्नुभयो ‘सरकारको ध्यान आर्थिक समस्या हल गर्नेभन्दा आफ्नै स्वार्थ सिद्धी तर्फ केन्द्रित भएको देखिएको छ र सरकारका मन्त्रीहरु बिबादास्पद अभिव्यक्ति दिदै हिड्ने, कमाउ धन्दामा लिप्त हुने, स्वार्थ नमिल्ने कर्मचारी माथी जाइ लाग्ने, ठेकापट्टामा सेटिङ गर्ने र सरकारि निकायहरुसङ्ग सामान्य समन्वय पनि नगर्ने कारणले नेपालको अर्थतन्त्र संकटमा आइपुगेको जस्ता अभिव्यक्ति दिए।’ ुमन्त्रीहरु निर्वाचनको लागी स्रोत चाहियो भनेर खुलमखुला पैसा मागिरहेका छन, निजि क्षेत्रले आर्थिक समस्या समाधान पहलको कुरा त छोडौ व्यवसाय समस्या राख्न सक्ने ठाउँ सम्म पाएका छैननु, खतिवडाले भने, ‘रसीया र युक्रेनको युद्दमा फसेका नेपाली नागरिकहरूलाई नेपाल फर्काउन सरकारले अर्को मुलुकको सहायता लिनुपरेको छ र सरकारले केही गर्न सकेन त्यो बिचमा तर अर्थतन्त्र गम्भीर संकटको मोडमा पुगेको विषय सर्बत्र चर्चा भइ रहदा पनि सरकार सन्चो मानेर बसिरहेको छ । ुअर्थमन्त्रालयले लिनुपर्ने कतिपय पहलकदमहरु नलिएको कारण राष्ट्र बैंकले ढिलै भएपनि आफ्नो तर्फबाट पहलकदम लिन थाल्यो तर आफ्नो कमजोरी ढाकछोप गर्न अर्थ मन्त्रालयको असफलताको दोस अघिल्लो सरकार र राष्ट्र बैंकको गभर्नर माथि पोख्ने काम भइराखेको छ, उनले भने।


ताजा समाचार

spot_img