दोधारा चादनीमा वडाध्यक्ष ‘डे नाईट क्रिक्रेट’ आयोजना हुने

दोधारा । दोधारा चाँदनी नगरपालिका–२ मा वडाध्यक्ष ‘डे नाइट क्रिक्रेट’ प्रतियोगीता आयोजना हुने भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. २ को आयोजनामा आउदो २५ गतेबाट वडाध्यक्ष डे नाइट क्रिक्रेट प्रतियोगीता हुन लागेको हो । क्रिक्रेट प्रतियोगीता टि–१० अनुसार खेलाइने र टिम दर्ता गराउने अन्तिम मिति असोज २३ गते साँझ ५ बजे सम्म रहेको छ् । डे नाइट क्रिक्रेट प्रतियोगीमा सहभागी हुने टिम वडागत रुपमा मात्र सहभागी हुन पाउने छन् भने सम्बन्धित टिमले वडा भन्दा बाहिरका ४ जना खेलाडीलाई समाबेस गर्न पाउने छ । तर विदेशी खेलाडीको हकमा भने खेलाडीको परिचय खुल्ने कागजात सहित कोरोना खोप लकाएको कार्ड अनिवार्य गरिएको बताईएको छ् । डे नाईट प्रतियोगीतामा प्रथम हुने टिमलाई नगद रु. १ लाख ११ हजार १ सय ११ रुपया सहित ट्रफी र प्रमाण पत्र प्रदान गरीने छ् । खेलका उपविजेता टिमले रु. ४४ हजार ४ सय ४४ रुपिँया नगद सहित ट्रफी र प्रमाण पत्रले पुरस्कृत गरिने वडा कार्यालयले जनाएको छ् ।

ताजा समाचार

This will close in 10 seconds