असोज १ देखि दोधारा चाँदनीका विद्यालयहरु संचालनमा आउने

दोधारा : दोधारा चाँदनी नगरपालिकामा आगामी असोज १ गते देखि विद्यालयहरु खुल्ने भएका छन् । कोभिड–१९ संक्रमणको अवस्था हेरेर स्वास्थ्य मापदण्डको पुर्ण पालना गरी विद्यालय खोल्ने निर्णय गरेको दोधारा चाँदनी नगरपालिका कार्यालयले जानकारी दिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको भवनमा बसेको दोधारा चाँदनी नगरपालिका कार्यपालिका पदाधिकारी, दोधारा चाँदनीका रहेका बिद्यालयका बिद्यालय ब्यवस्थापन समिति पदाधिकारी, प्रधानध्यापक तथा सरोकारवालाको बैठकले दोधारा चाँदनी नगर क्षेत्रमा रहेको सामुदायिक र निजी बिद्यालयहरु पुर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाई बिद्यालयमा पठनपाठन सुरु गर्ने निर्णय गरेको हो ।

‘बिगत लामो समय देखि कोभिड–१९ का कारण बिद्यालयहरुमा भौतिक उपस्थितीमा पठनपाठन बन्द रहेकोमा यहि मिति–२०७८–६–१ ग्ते देखि देहायका मापदण्डहरुका पुर्णपालना गरि गराई भौतिकरपमा उपस्थित भई प्रत्येक बिद्यालयले नियमित पठनपाठन गर्ने गराउने निर्णय गरियो’ निर्णयमा भनिएको छ् । नेपाल सरकार एवम् जिल्ला प्रशासनकार्यालय कञ्चनपुरबाट जारी निर्देशन/मापदण्डको पुर्णरुपमा पालना गर्ने गराउने, बिद्यालय संचालन गर्दा प्रति कक्षा बढीमा २५ जना बिद्यार्थी सहभागी हुने गरि भौतिक दुरी कायम हुने गरि संचालन गर्ने, प्रत्येक बिद्यालयमा स्वास्थ्य सामग्रीको ब्यवस्था गर्ने, प्रति कक्षा २५ जना भन्दा बढी हुने कक्षाहरुमा सिफ्टव्याईज संचालनको प्रबन्ध मिलाउने जिम्मा बिद्यालयले स्वयम् गर्ने, बिद्यालयलाई २ सिफ्टमा संचालन गर्ने अवस्था भएमा सो को ब्यवस्थापन बिद्यालयले गर्ने, बिद्यालय संचालन गर्नु पुर्व प्रत्येक बिद्यालयले बिद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अभिभावक संग छलफल गरि संचालन गर्ने, बिद्यालय संचालन भए पश्चात सो सम्बन्धी सम्पुर्ण जानकारी दोधारा चा“दनी नगरपालिकालाई दिने आज बसेको बैठकको निर्णयमा भनिएको छ् ।

ताजा समाचार

This will close in 10 seconds