चन्द प्रदेश युवा परिषद्को सदस्यमा मनोनित

कञ्चनपुर : अपाङता क्षेत्रमा कार्यरत कञ्चनपुरका युवा मनोज चन्द सुदूरपश्चिम प्रदेश युवा प्रदेश परिषदको सदस्यमा मनोनित भएका छन । सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालयले चन्दलाई युवा परिषद्को सदस्यमा मनोनित गरेका हो । भीमदत्त नगरपालिका वडा न. ४ महेन्द्रनगर घर भएका युवा नेता चन्द सुदूरपश्चिम प्रदेश युवा परिषद(पहिलो संशोधन ) गठन आदेश २०७८ को दफा ५(१)( छ ) मा व्यवस्था भएबमोजिम मन्त्रीस्तरको २०७८ जेठ १४ गतेको निर्णयानुसार सदस्यमा मनोनीत गरिएको र उनी नियुक्ति हुने पहिलो अपाङ्गता युवा हुन।

No description available.

उनलाई प्रदेश सचिव रघुराम विष्टले हस्ताक्षर गरेको मनोनयन पत्रमा चार बर्षका लागि मनोनित गरिएको जनाएको छ । अपाङ्गता भएका तमाम ब्यक्तिको नेतृत्व गर्दै सुदूरपश्चिम प्रदेश युवा परिषद सदस्यमा मनोज चन्द नियुक्त भएका छन् । उनी नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिम प्रदेश सदस्य, देशकै नमुनाका रुपमा स्थापना गरिएको अपाङ्ग कृषक समूह भीमदत्त नगरपालिका कञ्चनपुरका अध्यक्ष तथा अपाङ्गता अभियान्ताका साथै समाजसेवी समेत हुन।

No description available.

सामाजिक विकास मन्त्रालय तथा सुदूरपश्चिम प्रदेश सरकार लगायत सहयोगी सम्पुर्ण लाई हार्दिक धन्यवादका साथै सुदूरपश्चिममा रहेका युवाहरु र अपांङ्गता भएका व्यक्तिहरु को अधिकार का लागि सधैं अग्रसर रहेर काम गर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ।

ताजा समाचार