अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा माईती नेपाल कञ्चनपुरको सिमानाकामा सचेतना

दोधारा : बिगत लामो समय देखि मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध क्रियाशिल उक मात्र संस्था माईती नेपाल कञ्चनपुरले ८ औं अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा कञ्चनपुरको गड्डाचौकी सिमानाका तथा बस्तीहरुमा मानव बेचबिखन विरुद्ध तथा सुरक्षित बसाईसराई सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ् । कञ्चनपुरको नेपाल–भारतको मुख्य नाकाकोरुपमा रहेको गड्डाचौकी सिमा क्षेत्रमा मानव बेचबिखन विरुद्ध तथा सुरक्षित बसाईसराई सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् । कार्यक्रममा मानव बेचबिखनतथा सुरक्षित बसाईसराई, घरेलु हिंसा, कोरोना भाईरस संक्रमण सम्बन्धमा तयार पारिएका पर्चा, ब्रसरहरु वितरण गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् । गड्डाचौकीका आसपास बस्तीमा समेत घरदैलो कार्यक्रम गरिएको छ् ।

नेपालबाट भारत जाने यात्रुहरुलाई समयमै सचेत गर्न महेन्द्र राजमार्गको गड्डाचौकी सिमानाकामा सचेतना सामग्री लेखिएको व्यानर समेत राखिएको थियो । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार कार्यालय कञ्चनपुरका कर्मचारी, सवारी चालक लगाएत स्थानिय व्यापारी तथा स्थानिय नागरिकको सहभागिता रहेको थियो । ८ औं अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धका दिवसकै अवसरमा भिमदत्त नगरपालिका वडा नं. ११ र १२, सुक्खाबन्दरगाहा पक्की पुलको नाका नजिक झण्डै ५९ वटा घरधुरीमा घरदैलोमा माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट लगाएत टोली पुगी मानव बेचबिखन तथा सुरक्षित बसाईसराई, घरेलु हिंसा, कोरोना भाईरसको बारेमा सामान्य जानकारी सहित पर्चा, ब्रसरहरु बितरण गरिएको छ् । माईती नेपाल कञ्चनपुरले नेपाल–भारत खुला सिमामा निगरानी राखी महिला तथा बालबालिकाहरुलाई परामर्श दिनुको साथै गाँउ बस्तीमा बिगतका दिनहरुमा समेत जनचेतनाका कार्यक्रम समेत गर्दै आएको छ् । माईती नेपालले मानव बेचबिखन बिरुद्ध जनचेतना फैलाउदै तथा मानव बेचबिखन तथा ओसारपसार विरुद्धमा सबै एक जुट भएर लाग्न सबैमा आह्वान समेत गरिएको छ् ।

मानव बेचबिखन तथा ओसारपसार विरुद्ध, सुुरक्षित बसाई सराई, महिला हिंसा र वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सावधानीको बिषयमा स्थानियहरुको घर दैलोमा पुगी जानकारी गराईएको छ् । कयौं स्थानिय महिला, किशोर किशोरी तथा वालवालिका घरमा मात्रै सिमित रहने हुदा उनिहरुलाई घर संगै खेतवारीमा पुगी माईती नेपालले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतना गरिएको हो । माईती नेपाल कञ्चनपुरले मुख्य मुख्य नाकामा सुचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिमपुर्ण यात्रामा रहेका महिला वालवालिकाहरुको उद्धार, भारत लगाएतका देश बिदेशहरुमा यौन एवं श्रम शोषणमा परेका महिला वालवालिकाहरुको उद्धार, आवाशिय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा लगाएतका सेवा प्रदान गर्दै शिप मुलक तालिम सहित परिवार र समाजमा पुर्नमिलन लगाएतका कार्य गर्दै आइरहेको छ् ।

ताजा समाचार

This will close in 10 seconds