विपिको स्मृतिमा प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीमा फलफुल बितरण

दोधारा : महामानव बिपी कोईरालाको ३९ औं पुण्यस्मृतिको अबसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ् । तत्कालिन कांग्रेस सभापती बिश्वेश्वर प्रसाद कोईरालाको विचार तथा मार्गदर्शनको पद चिन्हमा हिंड्ने, ऊर्जा तथा प्रेरणा लिने र ती विचारलाई सार्थक बनाउने संकल्प–दिवसको रुपमा लिनु पर्ने अनुयायीहरुले बताएका छन् । लोतान्त्रिक समाजवादी चिन्तक, कुशल राजनीतिज्ञ र प्रखर साहित्यिक व्यक्तित्वको एवं राजनीतिक शिखर व्यक्तित्वको रुपमा उनलाई चिनिन्छ् । बिपि कोईराला को ३९ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस दोधारा चाँदनीले एक कार्यक्रम आयोजना गरि नेपाली काग्रेंस चाँदनी पार्टी कार्यालयमा शोक सभा संगै बिपीको जिवनीको बारेमा छलफल गरेको थियो ।

नेपाली कांग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोईरालाको सिद्धान्तलाई कांग्रेस नेतृत्वले अनुशरण गर्नु पर्ने कांग्रेसका नेता एवं कार्यकर्ताले बताएका छन् । विपी कोईरालाको ३९ औं स्मृति दिवसको अवसरमा कांग्रेस दोधारा चाँदनीले आयोजना गरेको एक कार्यक्रममा सहभागीले यस्तो बताएका हुन । उनिहरुले विपी कोईराला मुलुकको राजनितिक परिवर्तनको एउटा ऐतिहासिक व्यक्तित्व भएको हुदा उनले देखाएको बाटोमा कांग्रेसका नेतृत्व हिडनुपर्ने बताएका छन् । विपी कोईराला राजनिति मात्र नभएर नेपाली साहित्यको प्रर्बद्धकको रुपमा पनि परिचित रहेको हुदा उनका हरेक कुरालाई कांग्रेसले मात्र नभएर अन्य राजनैतिक दलहरुले पनि अनुशरण गर्न जरुर रहेको नेपाली काग्रेंस दोधारा चाँदनी नगर सचिव राजेन्द्र मल्लले बताए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस दोधारा चाँदनीका सचिव राजेन्द्र मल्लले कांग्रेसका संस्थापक सभापति विपि कोईरालाले अनेक दुःखलाई झेल्दै मुलुकको राजनितिक परिवर्तनका लागि ठुलो योगदान गरेको बताए ।

उनले शिर्ष नेतृत्वमा कहिले कहि तिक्तदा हुदा तल्लो तहका कार्यकर्तामा निराशजनक स्थिति पैदा हुने हुदा अबको कांग्रेस तेरो र मेरो नभनी एक ढिक्का भएर अगाडी बढ्नु पर्ने बताए । विपी कोइराला २०१५ को आम निर्वाचनबाट नेपाली कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि नेपालको पहिलो जन निर्वाचित प्रधानमन्त्री बनेका थिए । कोईरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । भारतमा अंग्रेज विरोधी आन्दोलनमा सहभागीता जनाएर राजनैतिक जीवन शुरु गरेका कोइराला सन् १९४७ मा विराटनगर बाट मजदुर आन्दोलनको नेतृत्व गर्दै राणा विरोधी आन्दोलनमा लागेका कार्यक्रममा बताईएको छ् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीहरुलाई फलफुल तथा पानी समेत बितरण गरिएको थियो । प्रथामिक स्वास्थ्य केन्द्र दोधारामा ७ जना बिरामीहरुलाई महामानव बीपी कोईरालाको ३९ औं पुण्यस्मृतिको अबसरमा फलफुल तथा पानी बितरण गरिएको नेपाली काग्रेंसले जनाएको छ् ।

कार्यक्रममा नेपाली काग्रेंस क्षेत्रिय सभापती गोपाल भट्ट, नेपाली काग्रेंस दोधारा चाँदनीका सभापती डम्मर चन्द, सचिव राजेन्द्र मल्ल, नेपाल प्रजातान्त्रीक शुदुरपश्चिम प्रदेश उपसभाती नाफु सिंह साँउद, नेपाली काग्रेंस पुर्व क्षेत्रीय उपसभापती लोक बहादुर चन्द, नेपाल दलित क्षेत्रिय सभापती पदम सुनार, दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजाली, महिला नेत्री मथुरा पन्त, धनसरा चन्द, माया पुन, कोमल उपाध्याय् लगाएत नेपाली काग्रेंस वडा सभापती तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । बिपी कोईरालाको ३९ औं पुण्यस्मृतिको अबसरमा बर्तमान राजनितिक अवस्थाको बारेमा समेत छलफल गरिएको बताईएको छ् ।

 

ताजा समाचार

This will close in 10 seconds