दोधारा चाँदनीमा गाँजा नष्ट गर्दै नेपाल प्रहरी

दोधारा: दोधारा चाँदनीमा साप्ताहिक सरसफाई कार्यक्रम अन्तर्गत गाँजा नष्ट गरिएको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको मातहतमा रहेको अस्थाई प्रहरी पोष्ट झोलुङ्गेले दोधारा चाँदनी नगरपालिका वडा नं. १ पशुपती टोलमा सडक छेउमा उम्रेका गाँजाका बोटहर नष्ट गर्ने कार्य गरेको ईलाका प्रहरी कार्यालयले जनाएको छ् ।
अस्थाई प्रहरी पोष्ट झोलुङ्गेका असई रुपेन्द्र बहादुर चन्दको कमाण्डमा खटिगएको प्रहरी टोललीले स्थानियबासीहरु संग सहकार्य गरि गाँजाका बोटहरु नष्ट गरिएको हो । स्थानिय तथा प्रहरीले झण्डै १ हजार ५ सय गाँजाका बोटहरु नष्ट गरेको बताईएको छ् । उक्त कार्यक्रममा जनप्रतिनिधीको समेत सहभागिता रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds