विद्युत कार्यालय बेलौरीलाई अनावश्यक लाइट नकाट्न अनेरास्ववियुद्धारा ध्यानाकर्षण 

कञ्चनपुर ,

देश भरीनै बदलिँदो मौसमसंगै चर्को गर्मीले आक्रान्त पारीरहेको अवस्थामा बिधुत प्राधिकरण बेलौरी केन्द्रलाई अनेरास्ववियुद्धारा ध्यानाकर्षण गराएको छ ।

सोमवार अनेरास्ववियुका केन्द्रिय नेताहरुले देश लोडसेटीङ् मुक्त भएको अवस्थामा अनावश्यक रुपमा बिद्युत कटौती गरि जनतालाई अनावश्यक दुख दीईरहेको अवस्थालाई मध्यनजर गर्दै ध्यानाकर्षण गराएको अनेरास्ववियुका केन्द्रिय सदस्य युवा नेता विक्रम थापाले जानकारी दिनु भएको छ।

पछिल्लो समय विद्युत कार्यालयले विभिन्न बहाना देखाउदै विद्युत कटौती गरिरहेकोले विभिन्न सरकारी गैरसकारी कार्यालय, कलकारखाना उद्योगलाई मारपरिरहेको बताउदै अन्य व्यसायबाट मोटो रकम उसुल गर्ने लागेको खवर सुन्नमा आएकोले यस्ता कार्य आजकै मितिबाट रोक्न र जनसेवा दिन अनुरोधका साथै चेतावनी समेत पत्रमा उल्लेख गरिएको छ । यस्तै पछिल्लो समयमा अत्यधिक गर्मीका कारण विद्युत आपुर्तीमा निकै समस्या परेको विद्युत कार्यालयले जनाएका छ ।

ताजा समाचार

This will close in 10 seconds