दोधारा चाँदनीका नगर प्रमुखका छोरी ज्वाईले माईती गाँउमा पठाए ५ थान अक्सिजन कन्सरटेटर मसिन

दोधारा : दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुखका छोरी ज्वाईले ५ थान अक्सिजन कन्सरटेटर कोभिड अस्पताललाई हस्तान्तरण गरेका छन् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारका छोरी हिरा गहतराज र ज्वाई प्रकाश गहतराजले हङकङ जोर्डनबाट १० लिटरको ५ थान अक्सिजन कन्सरटेटर मसिन पठाएका हुन् । आज एक कार्यक्रमको बिच १० लिटरको ५ थान अक्सिजन कन्सरटेटर कोभिड अस्पताल दोधारा चाँदनीलाई हस्तान्तरण गरिएको छ् । कोरोना संक्रमणको लहरले आक्रान्त संगै कोरोनाको तेस्रो लहर आउन सक्ने अवस्थामा हङकङको जोर्डन निवासी तथा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारका छोरी ज्वाई हिरा गहतराज र ज्वाई प्रकाश गहतराजले ब्यक्तीगतरुपमा उक्त सामग्री कोभिड अस्पताल दोधारा चाँदनीलाई प्रदान गरेका छन् ।

बिगतका दिनहरुमा समेत कोरोना संक्रमण संगै लकडाउनको बेला चुल्हो जलाउन समस्या परेका बिपन्न परिवारलाई हिरा गहतराज र प्रकाश गहतराजले खाद्यान्न समेत बितरण गरेका थिए । कोरोना भाईरसको लहर संगै दोधारा चाँदनीमा रहेको कोभिड अस्पतालमा अक्सिजनको अभावले स्थानियहरुको ज्यान थालेको खबर पाएपछि अक्सिजन कन्सरटेटर खरिद गरि पठाएको हङकङ जोर्डनबाट हिरा गहतराज र प्रकाश गहतराजले खबर पठाएका छन् । कसैको अकालमा ज्यान नजाओस भन्ने उद्धेश्यले झण्डै रु. १० लाख बराबरको अक्सिजन कन्सरटेटर खरिद गरि पठाएको बताईएको छ् । हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, नगर प्रबक्ता तथा कोभिड अस्पताल ब्यवस्थापन समितिका संयोजक दिल बहादुर सिजाली, नगर उपप्रमुख चिनी ओझा गिरी, वडाध्यक्षहरु, नेकपा (एमाले) का पुर्व जिल्ला सचिव राजिव खड्का, नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती डम्मर चन्द, नगर सचिव राजेन्द्र मल्ल, नेकपा (माओबादी केन्द्र) का दोधारा चाँदनी ईन्चार्ज भरत भट्ट, कोभिड अस्पताल दोधारा चाँदनीका डाक्टर शुभाष बराल, डाक्टर रचित भारती, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशाकिय अधिकृत गणेश मिश्र, स्वास्थ्य शाखाका प्रमुख जय बहादुर महरा लगाएत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले छोरी ज्वाईले दोधारा चाँदनी नगरको स्वास्थ्य क्षेत्रमा अझै पनि निकै पछि पर्दै आएको बताउदै उक्त सामग्री पठाएको बताएका छन् । ‘कोभिड संक्रमण बेला मेरो छोरी ज्वाईले दोधारा चाँदनीका स्थानियहरुको स्वास्थ्य अवस्थाको बारेमा निकै चिन्ता मान्दै आएका थिए’ नगर प्रमुख बिर बहादुर सुनारले भने– ‘अस्पतालमा अझै केही आवश्यकता परे खबर गर्नु भनेका छन् ।’ हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले छोरी ज्वाईलाई कोभिड अस्पताललाई ५ थान अक्सिजन कन्सरटेटर पठाएको धन्यबाद समेत दिएका छन् । कोरोना संक्रमणले आक्रान्त भएको अवस्थामा स्वास्थ्य सामग्री पठाएर दोधारा चाँदनीका जनताको स्वास्थ्यको बारेमा चिन्ता लिएकोमा हङकङ जोर्डन निवासी हिरा गहतराज र प्रकाश गहतराज र उनका परिवारजनलाई दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी गिरीले धन्यबाद दिएका छन् । ‘कोरोनाको लहरले पिडा दिएको बेला टाढा भएर पनि माईती घर सम्झने हाम्रा मेयर सा’पका छोरी ज्वाई तथा परिवारजनमा धन्यबाद’ दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी गिरीले भने ।

कोभिड अस्पतालमा अक्सिजनको अभाव श्रजना हुदै गर्दा बिभिन्न ब्यक्ती तथा संस्थाहरुले अक्सिजन कन्सरटेटर लगाएत स्वास्थ्य सामग्री सहयोग गर्दै आएका छन् । नगर प्रमुखका छोरी ज्वाईले हङकङको जोर्डनबाट पठाएको अक्सिजन कन्सरटेटर मसिन हस्तान्तरण कार्यक्रममा नगर प्रबक्ता तथा कोभिड अस्पतालका संयोजक दिल बहादुर सिजाली आफ्नो बिचरा राख्दै त्यती टाढाबाट दोधारा चाँदनी नगरपालिकाका जनताका स्वास्थ्यलाई चिन्ता गरेको भन्दै धन्यबाद दिएका छन् । ‘पिडाको बेला सम्झनु भएकोमा मनकारी मन भएका हिरा गहतराज र प्रकाश गहतराजलाई बिशेष धन्यबाद’ नगर प्रबक्ता तथा कोभिड अस्पतालका संयोजक दिल बहादुर सिजालीले भने ।

ताजा समाचार

This will close in 10 seconds