स्वास्थ्यकर्मी चन्दलाई बेलौरी नगरकै उत्कृष्ठ स्वास्थ्यकर्मी पुरस्कार

कञ्चनपुर ,
कञ्चनपुरको बेलौरी नगरपालिकाले नगरकै उत्कृष्ठ स्वास्थ्यकर्मी मान बहादुर चन्दलाई पुरस्कृत गरेको छ । बिहीबार नगरको सातौँ नगर सभाबाट कोडिभ १९ सम्पर्क व्यक्ति चन्दलाई कोडिभ १९ उत्कृष्ठ स्वास्थ्यकर्मी पुरस्कार ०७८बाट पुरस्कृत गरेको हो ।
पहिलो र दोस्रो चरणको कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्यकर्मी चन्दले बेलौरी नगरकै कोडिभ १९ सम्पर्क व्यक्तिको जिम्मेबारी सम्हालेर महामारी रोकथामका लागि उत्कृष्ठ काम गरेको भन्दै नगरपालिकाले नगद सहित प्रमाण पत्र दोसल्ला ओढाएर सम्मान गरेको हो । स्वास्थ्यकर्मी चन्द ,नगरपालिका सुचना अधिकारी सुशील लेखक लाई बेलौरीका मेयर पोतिलाल चौधरी, उप प्रमुख चित्र चौधरी, प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रशाद चौधरीले प्रमाण पत्र, पुरस्कार एव दोसल्ला ओढाएर सम्मानका साथै पुरस्कार हस्तान्तरण गरेका थिए । पुरस्कृत भएका स्वास्थ्यकर्मी चन्दले नगरपालिकाले कामको मुल्याङ्गकन गरेको भन्दै सम्मानबाट थप नागरिकको सेवा गर्न हौसला मिलेको बताए ।

ताजा समाचार

This will close in 10 seconds