महामारीका विच बेलडाँडीको सरस्वती माविले परीक्षाफल प्रकासित ग¥यो

कञ्चनपुर

दोस्रो चरणमा नेपाल लगायत विश्वका विभिन्न मुलुकमा कोरोना महामारीका कारण विद्यालय बन्द भएका छन । सरकारले निजामती कर्मचारी सहित अन्य विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई कोरोना भाईरस बिरुद्धको खोप लगाएपनि सामुदायिक विद्यालय विश्वविद्यालय निजी विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई अझैसम्म खोप दिएको छैन । तर, सरकारले महामारीकै विचमा सामुदायिक विद्यालयलाई दिएको निर्देशन अनुरुप कञ्चनपुरका केही सामुदायिक विद्यालयका शिक्षक काममा जुटेका छन ।

आन्तरिक रुपमा विद्यालयका शिक्षक महामारीकै विचमा जोखिम मोलेर परीक्षाफल(नजिता) प्रकासितमा जुटेका छन । महामारीका जोखिममा विच सामुदायिक विद्यालयले शैक्षिसत्र ०७७ को परीक्षाफल प्रकासित गरेका हुन । बेलडाँडी गाँउपालिका १ झरनासागरको सरस्वती माध्यामिक विद्यालयले गत शैक्षिसत्रको परीक्षाफल प्रकासित गरेको हो । विद्यालयका सहायक प्रध्यानाध्यापक राधाकृष्ण पाठकले सरकारले असार २० भित्रै परीक्षाको नजिता प्रकासित गर्ने निर्देशन अनुरुप जोखिम मोलेरै परीक्षाफल प्रकासित गरेको बताए ।

सहायक प्रअ पाठकले कक्षा १, २, ३, ४, ५, ६, ७, ८ र ९ को नतिजा प्रकासित गरेको बताए । ‘सरकारले हामी सामुदायिक विद्यालयलाई दिएको सबै निर्देशन महामारीका विचपनि जोखिम मोलेर पालना गछौँ, ‘सहायक प्रअ पाठकले भने, ‘हजारौँको भिडमा काम गर्ने हामी शिक्षकलाई सरकारले अझैसम्म पनि खोप दिने व्यवस्था परेको छ, सिङ्गो शिक्षक र शिक्षा क्षेत्रका लागि यो चुनौतिपूर्ण विडम्बनाको विषय बन्यो ।’ सोमबार सरस्वती माविका प्रअ विष्णूसिह भण्डारीद्वारा हस्ताक्षरित गरिएको नजिताको सूचनामा थप जानकारीका लागि विद्यालयका ९ जना शिक्षकसंग सम्पर्क गर्न आब्हान गरिएको छ ।

विद्यालयले कक्षा १ जमुना थापा, २ धन बहादुर रावत, ३ राधाकृष्ण पाठक, ४ हिमा गौतम, ५ मान बहादुर चन्द, ६ जनकराज जोशी, ७ कस्तुरी शाही, ९ विशनदत्त भट्टसग सम्पर्क गर्न विद्याथीमा अनुरोध गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेत बहादुर शाहले शिक्षक कर्मचारीलाई खोपका लागि पालिका स्थानीय जनप्रतिनिधीसंग पहल भईरहेको बताए । ‘मैले यस विषयमा जनप्रतिनिधी र स्वास्थ्य शाखा पालिकासंग समन्वय छलफल गरेको छु, ‘उनले भने, ‘सामुदायिक विद्यालयका सबै शिक्षक–कर्मचारीलाई सरकारले समेत प्राथमिकतामा राखेर खोप दिनुपर्छ ।’

ताजा समाचार

This will close in 10 seconds