कञ्चनपुरका पत्रकारलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण

कञ्चनपुर :  दोस्रो लहरमा बढ्दै गएको कोरोना महामारीका बेला समाचार संकलनमा खटिएका कञ्चनपुर जिल्लाभरीका पत्रकारलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले जिल्लाभरीका पत्रकारलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण गरेको हो । कोरोना राहत कोष स्थापना गरेको पत्रकार महासंघले जिल्लामा खटिएका पत्रकारलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण गरेको हो । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थीले महामारीका बेला जोखिम मोलेर फिल्डमा खटिएका पत्रकारलाई स्वास्थ्य सुरक्षा समाग्रंी सेनिटाईजर, मास्क वितरण गरिएको बताए ।
उनका अनुसार पत्रकारको स्वास्थ्य सुरक्षाका लागि कोष समेत स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामीले महामारीका बेला जोखिम मोलेर फिल्डमा काम गरिरहेका जिल्ला र बाहिर पत्रकारलाई स्थानीय स्तरमै गएर स्वास्थ्य सुरक्षा समाग्री वितरण गरिरहेको बताए । ‘महामारीका बेला पत्रकार सुरक्षाका लागि हामीले योजनाबद्ध अनुरुप काम अघि बढाएका छौँ, ‘अध्यक्ष धामीले भने, ‘जनतालाई सुसुचित पार्ने पत्रकारको हकहितका लागि थप स्वास्थ्य सुुरक्षा योजना ल्याउँछौँ ।’

ताजा समाचार

This will close in 10 seconds