फर्निचर उद्योगबाट अवैध काठ बरामद

कञ्चनपुर : कञ्चनपुरको एक फर्निचर उद्योगबाट प्रहरीले ठूलो परिमाण्मा अवैध काठ बरामद गरेको छ । गयराती प्रहरीले भीमदत्त नगरपालिका १० जिमुवामा रहेको बैजनाथ फर्निचर उद्योगबाट ठूलो परिमाणमा काठ बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले बैजनाथ फर्निचर उद्योगमा बिना ईजाजति भारि परिमाणमा काठको कारोबार भईरहेको गोप्य सूचनाका आधामा प्रहरी वनको टोली संयुक्त रुपमा छापा मारेको बताए । प्रवक्ता थापाका अनुसार उद्योगबाट ३४०.४१क्यूफिट अवैध काठ बरामद गरिएको छ ।

भने फर्निचर उद्योगका संचालक रमेश भट्टलाई समेत पक्राउ गरिएको छ । ‘बैजनाथ फर्निचर उद्योगमा अवैध कारोबार गरेर निकास पैठारी गर्दो रहेछ, ‘पं्रवक्ता थापाले भने, ‘प्रारम्भिक छानबिन गर्दा गैर कानुनी गतिबिधी गरेकाले काठ बरामद गरेर सव डिभिजन वन कार्यालय ब्रम्हदेबमा बुझाएका छौँ ।’ अवैध काठ सहित पक्राउ परेका फर्निचर उद्योग भट्टमाथि छानबिनका लागि समेत पक्राउ गरिएको हो । यस्तै कञ्चनपुर प्रहरीले बेलौरी नगरपालिका ४ रिछाह क्षेत्रबाट समेत अवैध काठ बरामद गरि वनमा बुझाएको छ । बुधबार बिहानतिर प्रहरी गस्ती टोलीले ८.४७ क्यूफिट अवैध काठ बरामद गरि वनमा बुझाएको छ । लकडाउनका बेला वन तथा वन्यजन्तुमा हुने अपराध रोक्नका लागि समेत प्रहरीले जिल्लामा सकृयता देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

दोधारा–चाँदनीमा धानरोपाई गर्ने क्रममा सर्पदंशबाट पुरुषको मृत्यु

कञ्चनपुर : कञ्चनपुरको दोधारा चाँदनीमा सर्पले टोक्दा एक पुरुषको ज्यान गएको छ । दोधारा चाँदनी –८ बस्ने वर्ष ४७ का दुर्गा बहादुर थापाको आज...

खैरो हिरोइन सहित युवक पक्राउ

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बेलौरी नगरपालिका –८, पचुई बाट लागु औषध सहित एक युवक पक्राउ गरेको छ । पैदल हिन्दै गरेका वर्ष ३०को...

भीमदत्तद्धारा विशेषज्ञ डाक्टरको परिश्रमीकका लागि महाकाली अस्पताललाई १० लाख सहयोग

महेन्द्रनगर :  कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली प्रादेशिक अस्पताललाई १० लाख रुपयाँ सहयोग गरेको छ । दुई जना विशेषज्ञ डाक्टरको सेवा सुविधाका लागि उत्त रकम...

सरकारले चुरे पहाड उत्खनन् गरेर भारतमा ढुङ्गागिट्टी बालुवा बेच्ने योजना अघि सारेकै बेला कञ्चनपुरको चुरे दोहनले बस्तीमा वितण्डा

कञ्चनपुर : सरकारले चुरे पहाड उत्खनन् गरेर भारतमा ढुङ्गागिट्टी बालुवा बेच्ने योजना अघि सारेकै बेला कञ्चनपुरको चुरे दोहनले बस्तीमा वितण्डा विकास सिह महता सरकारले...

कञ्चनपुरका पत्रकारलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण

कञ्चनपुर :  दोस्रो लहरमा बढ्दै गएको कोरोना महामारीका बेला समाचार संकलनमा खटिएका कञ्चनपुर जिल्लाभरीका पत्रकारलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण गरिएको छ । नेपाल पत्रकार...