सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टको पक्षमा बहुमत ,विपक्षमा ९ मत

कञ्चनपुर ,

। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत लिएका छन् । आज मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिएका हुन।

मुख्यमन्त्रीले प्रदेशसभामा पेश गरेको विश्वासको प्रस्तावको पक्ष, विपक्ष र तटस्थ बस्ने प्रदेशसभा सदस्यका लागि समेत छुट्टाछुट्दै मत खसाल्ने व्यवस्था गरिएको थियो। मुख्यमन्त्री भट्टले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिन आइतबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।

सुदूरपश्चिममा हाल नेकपा एमालेमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार कायमै रहेको छ। ५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् ।विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत ल्याए पुग्ने हुँदा पनि पक्षमा भने बहुमतले ३० मत खसेका छन् । सभामुख बाहेक ५१ संसद सदस्य रहेको प्रदेशसभामा उनको पक्षमा नेकपा माओवादी केन्द्र र एमाले माधव समुहको जम्मै मत खसेका हुन। मतदानमा पक्षमा ३०,विपक्षमा ९ र तटस्थ १२ जना रहे । कांग्रेसले भने ‘नो भोट’ को नीति लिने तर मुख्यमन्त्रीलाई विश्वासको मत कम हुने भएमा पक्षमा मतदान गर्ने निर्णय गरेको थियो। जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नलिने निर्णय गरेको थियो।

प्रदेशसभामा एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १८ जना र ओली पक्षका ६ जना छन् । मुख्यमन्त्री भट्टलाई माधवकुमार नेपाल पक्षका १८, नेकपा माओवादी केन्द्रका १३ र नेपाली कांग्रेसका १२ जनाले समर्थन गर्ने बताइएकाे छ । याेसँगै बहुमतमा रहेकाे भट्ट नेतृत्वकाे सरकार आज विश्वासकाे मतपछि दुईतिहाईकाे बहुमत समर्थन पाएका छ्न्।

ताजा समाचार

This will close in 10 seconds