कोभिड अस्पताल दोधारा चाँदनीलाई लाईफ चेन्जिङ्ग फाउण्डेसद्धारा अक्सिजन कन्सरटेरर


दोधारा : कोभिड अस्पताल दोधारा चाँदनीलाई युवाहरुद्धार संचालित लाईफ चेन्जिङ्ग फाउण्डेसनले अक्सिजन कन्सरटेटर हस्तान्तरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका स्थित रहेको कोभिड अस्पताललाई बैदेशिक रोजगारीमा रहदै आएका दोधारा चाँदनीका युवाहरुद्धारा संचालित लाईफ चेन्जिङ्ग फाउण्डेसनबाट स्वदेश तथा बिदेशमा रहदै आएका नेपालीको सहयोगमा २ थान ७ लिटरको अक्सिजन कन्सरटेटर मसिन हस्तान्तरण गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् । केही दिन देखि बैदेशिक रोजगारीमा रहदै आएका दोधारा चाँदनीका युवाहरुद्धारा संचालित लाईफ चेन्जिङ्ग फाउण्डेसनबाट कोभिड अस्पताल दोधारा चा“दनीको लागी अक्सिजन कन्सरटेटर खरिद गर्न अभियान संचालन गरिएको थियो ।

नेपाल, दुबई, मलेशिया, कतार, अमेरिका तथा नेपालमा रहदै आएका नेपालीहरुले लाईफ चेन्जिङ्ग फाउण्डेसनको लागी सहयोग गरेको कार्यक्रममा बताईएको छ् । आज कोभिड अस्पताल दोधारा चाँदनीलाई लाईफ चेन्जिङ्ग फाउण्डेसनद्धारा अक्सिजन कन्सरटेटर हस्तान्तरण कार्यक्रम गरिएको नगर प्रबक्ता सिजालीले बताएका छन् । अक्सिजनको अभावले अकालमै ज्यान जान थालेपछि स्थानियहरुको ज्यान बचाउन सकिन्छ कि, भन्ने उद्धेश्यले अक्सिजन कन्सरटेटर मसिन हस्तान्तरण गरिएको लाईफ चेन्जिङ्ग फाउण्डेसनका युवाहरुले बताएका छन् । कोरोनाको कारण आक्रान्त भएर अक्सिजनको अभावमा ज्यान जादै गर्दा लाईफ चेन्जिङ्ग फाउण्डेसनबाट प्राप्त सहयोग उच्च प्रशंसनिय तथा मानव सेवामा सर्मपित भएको कोभिड अस्पताल दोधारा चाँदनीका डाक्टर गगन चौधरीले बताएका छन् । ‘मानविय सेवामा सर्मपित भई सहयोग गर्नुभएकोमा लाईफ चेन्जिङ्ग फाउण्डेसनका सम्पुर्ण सदस्यहरुलाई कोभिड अस्पतालको तर्फ देखि मुरीमुरी धन्यबाद’ कोभिड अस्पताल दोधारा चाँदनीका डाक्टर गगन चौधरीले भने ।

कोभिड अस्पताल दोधारा चाँदनीलाई लाईफ चेन्जिङ्ग फाउण्डेसनका युवाहरुले अभियाननै संचालन गरि मानविय कार्यमा उत्रीएका भन्दै डाक्टर गगन चौधरीले सबैमा धन्यबाद दिएका छन् । कोराना संक्रमणको दोस्रो लहरले आक्रान्त भएको अवस्थामा कोभिड अस्पताल दोधारा चाँदनीलाई अक्सिजन कन्सन्ट्रेटर खरिद गरि युवाहरुद्धार संचालित लाईफ चेन्जिङ्ग फाउण्डेसनले कोभिड अस्पताल सहयोग गरेकोमा स्थानियहरु हर्षित भएका छन् । हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजाली, कोभिड अस्पताल दोधारा चाँदनीका डाक्टर गगन चौधरी, लाईफ चेन्जिङ्ग फाउण्डेसनका केही सदस्यहरुको उपस्थिती रहेको थियो । लाईफ चेन्जिङ्ग फाउण्डेसनले दोधारा चाँदनीका सुरक्षाकर्मीहरुलाई समेत पानी र चाउचाउ बितरण गरिएको जनाएका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img