जनज्योति क्याम्पसद्वारा महाकालि अस्पताललाई एकलाख एकाउन्न हजार सहयोग प्रदान

कञ्चनपुर
सुदूरपश्चिम प्रदेश कै अग्रणी शैक्षिक संस्था जनज्योति क्याम्पसले बढिरहेको कोरोनाको कहर र यस अवधिमा विरामीलाई अक्सिजनको अभाव कम गर्न तत्काल अक्सिजन पलान्ट निर्माण गरी अक्सिजनको अभाव रोक्नको लागि रु १ लाख ५१ हजार सहयोग गरेको छ ।

Open photo

 

महाकाली अस्पताललाई उक्त सहयोग रकम क्याम्पस प्रमुख प्रकाश दत्त जोशी लगायत महाकाली अस्पतालका व्यवस्थापन समिति सदस्य हरिराम चौधरीले अस्पतालका अध्यक्ष कृष्ण दत्त जोशी (बोक्सर) लाई प्रदान गर्न भएको थियो ।
सहयोग रकम जनज्योति क्याम्पसका प्राध्यापन गर्ने प्रध्यापक, कर्मचारी र संस्थाले संयुक्त रुपमा प्रदान गरेको सहायक क्याम्पस प्रमुख उमेश सिह भण्डारीले बताए ।

Open photo

आगामी दिनमा पनि यस्तो सहयोग निरन्तर हुने र महामारी संग सबैं मिलेर मुकाबला गर्न एकजुट हुनुपर्नेमा जनज्योति एजुकेशनल फाउन्डेसनका प्रबन्ध सञ्चालक तथा महाकाली अस्पतालका पूर्व अध्यक्ष समेत रहेका खेमलाल घिमिरेले जोड दिनु भयो । यो भन्दा अगाडी पनि समय समयमा सामाजिक कार्यको लागि जनज्योति क्याम्पसले सहयोग गदैं आएको र अगामी दिनमा पनि सहयोग गर्ने क्याम्पस प्रबन्धक, सञ्चालक घिमिरेले बताउनु भयो ।

ताजा समाचार

This will close in 10 seconds