फारवेष्ट टाईम्स नेपाली दैनिक एव अनलाईन संस्करणले महाकाली अस्पतालमा अक्सिजन खरिदका लागि आर्थिक सहयोग


कञ्चनपुर
सुदूरपश्चिमकै जेठो पत्रिका फारवेष्ट टाईम्स नेपाली दैनिक एव अनलाईन संस्करणले महाकाली अस्पतालमा अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेकोछ । अक्सिजन अभावका कारण कोरोना महामारीका बेला नागरिकले अकालमै ज्यान गुमाउन थालेसंगै फारवेष्ट टाईम्स दैनिक एव अनलाईन संस्करणले आर्थिक सहयोग गरेको हो ।

दुई साता अघि कञ्चनपुर उद्योग वाणिज्य संघले कोरोना महामारी नियन्त्रणका लागि अक्सिजन खरिद तथा प्लान्ट निर्माण गर्न सरोकारवालासंगको छलफलमा फारवेष्ट टाईम्सकका सम्पादक एव पत्रकार कर्ण देव भट्टले आफ्नो मिडियाका तर्फबाट अक्सिजन खरिदका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए । त्यही अनुरुप २५थान अक्सिजन खरिदका लागि ३३ हजार ७५०रुपैया सहयोग गरेका छन ।

नेपाल पत्रकार महासंघका पुर्व केन्दीय उपसभापति समेत रहेका फारवेष्ट टाईम्सका सम्पादक तथा समाजसेवि पत्रकार कर्ण देव भट्टले महामारीका बेला नागरिकले अक्सिजन अभावका कारण अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता हटाउनका लागि समाजिक सेवाका लागि सहयोग गरेको बताएका छन । मिडिया हाउस कोडिभका कारण उस्तै पनि बन्द भएको परिवेसमा पत्रकार भट्टले नागरिकको स्वाथ्यप्रति चिन्ता चासो व्यक्त गर्दै आर्थिक सहयोगप्रति महाकाली अस्पतालले अभार प्रकट गरेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img