कञ्चनपुर
विश्व नै कोभिड– १९को संक्रमणले अक्रान्त भएको बेला कोरोनाको प्रभावलाई हेरी विभिन्न स्थानमा लक डाउन घोषणा भएको छ, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि ०७८ बैशाख १६ गते देखि बैशाख ३१ गते सम्म लक डाउन घोषणा गरेको छ उक्त अवधिमा सर्वसाधारणको लागि हप्ताको तिन दिन आइतबार, मंगलबार र विहीबार विहान ६ देखि ९ बजे सम्म फलफुल तथा खाद्य सामग्री खरीद विक्री वितरणको गर्न समय छुट्याइएको छ ।

उक्त समयमा मास्क, ग्लोब्स, फेशशिल्ड सेनीटाइजर अनिवार्य प्रयोग गर्ने र समाजिकदूरी कायम गर्न गराउन सबैमा अनुरोध गरेको छ । उक्त सुचनालाई पालन नगरको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय ले जनाएको छ ।








