कञ्चनपुर प्रहरी प्रमुख (एसपी)उमा प्रसाद चतुर्वेदी द्वारा कञ्चनपुरका जनताका लागी स्वास्थ तथा सुरक्षा सम्बन्धी सन्देश


कञ्चनपुर 

सुरक्षित, सजग र सहयोगी बनौं!!

कठिन परिस्थती छ, समाजमा त्रासको वातावरण छ, मानवीय क्षेति भई रहेको अवस्था छ । अव हामी कहाँ चुक्यों तथा आगामी दिनमा क कसले के दायित्व निर्वाह गर्नु पर्ने हो ? सोको वारेमा गम्भीरता पूर्वक मनन गर्न जरुरी छ।

आम नागरिक : १) स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरौं, २) अति आवश्यक काम वाहेक घरवाट न निस्कौं, ३) मास्क र सामाजिक दूरीको कडाईका साथ पालना गरौं, ४) कोभिड संक्रमणबारेमा छर छिमेकलाई समेत सचेत गराई सजग बनाई राखौं, ५) घर परिवारलाई स्वास्थ्य सुरक्षाको वारेमा सचेत गराई राखौं, ६) घर वाहिरा गई राख्ने ब्यक्तिले घरमा रहँदा बस्दा बिशेष ध्यान दिने, मास्क लगाउने, ७)घरमा रहेका दीर्घ रोगि तथा जेष्ठ नागरिकलाई बाहिर निस्कन न दिने तथा निजहरुलाई बिशेष ध्यान दिने, ८) सर सामान किन्न जादा मास्क तथा सामाजिक दूरीको विशैष ध्यान दिने, कुनै लापरवाही न गर्ने, ९) सके सम्म लामो समयको लागि खाद्दय सामाग्री तथा तरकारीको भण्डारण गर्ने, १०) ब्यक्तिगत भेटघाट तथा पारिवारिक भैटघाट बन्द गर्ने, ११) हाललाई विवाह लगायतका संस्कार सकभर न गर्ने, गर्नै पर्ने भए सरकारले तोकि दिएको मापदण्डको पूर्ण पालना गर्ने, १२) कुनै पनि सामूहिक भिंडभाडको कार्यक्रममा न जाने,

सामाजिक दायित्व: १) संक्रमण फैलिन न दिन सवै किसिमको दायित्व निर्वाह गर्ने, २) संकटको घडीमा सामूहिक चिन्तन, दायित्व र सहभागिता सुनिश्चित गर्ने, ३) आफ्नो टोललाई सुरक्षित राख्न हर सम्भव प्रयास गर्ने र प्रत्येक घर परिवारलाई संक्रमण फैलिने कुनै पनि गतिबिधी गर्न न दिने, विरोध गर्ने, ४) टोल सुरक्षित भए तपाईको परिवार सुरक्षित रहने कुरा सवैले बोध गर्ने, सोही बमोजिमको ब्यवहार प्रदर्शन गर्ने, ५) यस संकटको घडीमा सवै काम प्रहरी र प्रशासनले गरि दिन्छ भनि पर्खेर न बस्ने, ६) नेपाल प्रहरी आफ्नो सम्पूर्ण जनशक्ति परिचालन गरी कोभिड १९ को संक्रमण नियन्त्रणको लागि २४ सै घण्टा खटिई रहेको छ, तपनि प्रहरीको अन्य थुप्रै दायित्व समेत हुने भएकोले प्रत्येक क्षण प्रत्येक टोलमा पूग्न न सकिने भएकोले हातेमालो गरौं, ७) स्वँय सेवी भावनाका साथ निस्वार्थ परिचालित हुने तथा संक्रमण रोक्न सामूहिक र ब्यक्तिगत दायित्व निर्वाह गरौं ८) काला बजारी दण्डनीय अपराध हो यसको बारेमा प्रहरी प्रशासनलाई गोप्य जानकारी दिने तर पूर्वाग्रही नहुने, ९) यो रोगलाई गम्भीररुपमा लिने ख्याल ठट्टा न ठान्ने, आफु वाच्ने र अरुलाई समेत बचाउने कार्यको लागि प्रतिबद्द बन्ने, बहाने बाजी तथा छलकपट गरि शयर गर्ने बेला होईन, रमाईलो गर्ने र पछि पछुताउने काम न गर्ने, केही दिन वा महिना पछि राम्रो समय अवश्य आउला धैर्यता राख्ने र समाज प्रति उत्तरदायी बन्ने।


Loading Viewer...

ताजा समाचार

spot_img