खेलाडी,प्रशिक्षक हुँदै खेलकुदको नेतृत्वमा बोहरा

कञ्चनपुर,

कञ्चन समाज फुटबल एकेडेमीका संस्थापक प्रशिक्षक हुदै खेलाडीदेखि खेलकुदको नेतृत्वसम्मको यात्रामा पुगे उनी । बाल्यकालदेखि नै खेल क्षेत्रमा होमिएका कञ्चनपुरको भीमदत्तनगरपालिका–६ बस्ने फुटबलका पुराना हस्ति थिए । त्यसताका सुदूरपश्चिमको तर्फबाट उनी यू- १४ को राष्ट्रिय फुटबल समेत खेल्न भ्याएका थिए ।

फुटबल भनेपछि हुरुक्कै हुने स्वभाव भएका उनी हुन् फुटबल प्रशिक्षक दिपक सिंह बोहरा । अहिले जिल्लाको फुटबल संघको नेतृत्व तहमा पुगेका छन् । उनलाई यो आफ्नो खेलप्रति लगाव र निरन्तरताको परिणाम हो भन्ने लाग्छ । जिल्ला फुटबल संघको जिल्ला कार्यसमितिको वि.स.२०७७ साल चैत २७ गते उनी लागयतका पाच जनालाई मनोनित सदस्यता संघले दिएको थियो ।अन्य चार जना मनोनित सदस्यहरुमा समाजसेवी तथा खेलप्रेमि शालिकराम खरेल, राष्ट्रिय खेलाडी चन्द्ररसिंह थलाल, पूर्व खेलाडी तथ समाजसेवी भीम चन्द र पूर्व राष्ट्रिय खेलाडी लक्षिधन अधिकारी रहेका थिए ।
फुटबल संघसम्मको यात्राका क्रममा थुप्रै चुनौतीसँग लड्नुपरेको मनोनित सदस्य दिपकको अनुभव छ ।
आफ्ना गुरुहरु,अभिभाव, साथीभाईहरु सबैको उत्प्रेरणा,माया र हौसलाले नै उनलाई यस क्षेत्रमा टिकाइ राख्न मद्दत गरेको बुझाई उनको छ । अबको बाँकी जीवन पनि जिल्लामा फुटबल खेल क्षेत्रको विस्तार र विकासका लागि समर्पित गर्ने प्रण उनले लिएका छन् ।
फुटबलका जिल्ला स्तरियदेखि अन्य थुप्रै प्रतियोगित उनको सकृय सहभागिता र सहकार्य रहदै आएको छ ।

ताजा समाचार