सामुदायिक विपद् व्यवस्थापन समितिका सदस्य तथा कार्य दलहरुलाई अभिमुखिकरण (हेर्नुहोस् भिडियो)


कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सामुदायिक विपद् व्यवस्थापन समितिका सदस्य तथा कार्य दलहरुको क्षमता अभिबृद्धि अभिमुखिकरण सुरु गरिएको छ् । प्रगती सामुदायिक विपद् व्यवस्थापन समिति दोधारा चाँदनीको आयोजना र नेपाल राष्ट्रिय समाज कल्याण संघ तथा डिसीए नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा दोधारा चाँदनी नगरपालिका– ९ सृजना आधारभुत बिद्यालयमा ३ दिने सामुदायिक विपद् व्यवस्थापन समितिका सदस्य तथा कार्य दलहरुको क्षमता अभिबृद्धि अभिमुखिकरण सुरु गरिएको प्रगती सामुदायिक विपद् व्यवस्थापन समिति दोधारा चाँदनीका संयोजक पुर्णा देवी कसेराले जानकारी दिनुभएको छ् । जोखिम न्यूनिकरणका लागि विपद् आईपर्दा आपतकालिन अवस्थामा बचाव, खोज, उद्धार तथा प्राथमिक उपचार कसरी गर्ने भन्ने विषयमा व्यवहारिक ज्ञान र सीप प्रदान गर्न अभिमुखिकरण आयोजना गरिएको संयोजक पुर्णादेबी कसेराले बताउनुभयो ।

आगो नियन्त्रण, पानीजन्य जोखिम, प्राथमिक उपचार, आवाजको माध्यमबाट खोज तथा उद्धार, आगो निभाउने तरिका, तथा विपद्को समयमा सूचना तथा सन्देश प्रवाह कसरी गर्ने भन्ने विषयमा सहभागीलाई अभ्यास सहितको प्रशिक्षण दिइने प्रगती सामुदायिक विपद् व्यवस्थापन समिति दोधारा चाँदनीका संयोजक पुर्णा देबी कसेराले बताउनुभएको छ् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल नेपाल देबीस्थान प्रस्तावित गणको टोलीले ३ दिने अभिमुखिकरणको सहजीकरण गरेको उहाँले बताउनुभयो । बाढी, हावाहुरी, चट्याङ, आगलागी लगाएत विपद्को बेला आफुहरुले गर्नु पर्ने कामको बारेमा जान्न पाएको दोधारा चाँदनी नगरपालिका– ९ का स्थानियबासी रुकमणी सुनारले बताउनुभयो ।

अभिमुखिकरणमा आफुहरुले आफ्नो दैनिक जिवनमा आई पर्ने विपद्को समाना गर्न सिक्न मौका पाएको भन्दै अभिमुखिकरणमा सहभागी हुन पाउदा आफु खुशी भएको उहाँले बताउनुभयो । समुदायलाई आत्मनिर्भर बनाउदै विपद् व्यवस्थापनमा सक्षम जनशक्ति उत्पादन गर्नु तालिमको मुख्य उद्देश्य रहेको कार्यक्रममा बताईएको छ् ।

समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धी आधारभूत ज्ञान र सीपको विकास गर्नु, विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि आवश्यक जनशक्ति तयार गर्नु, आपतकालीन अवस्थामा समुदाय र सरकारी निकाय बिच समन्वय तथा सुरक्षा प्रणाली मजबुत बनाउनु अभमिुखिकरणको मुख्य उद्देश्य रहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरले जनाएको छ् ।

 


Loading Viewer...

ताजा समाचार

spot_img