राम जानकी योग साधना केन्द्रको दोस्रो साधारण सभा सम्पन्न


कञ्चनपुर : राम जानकी योग साधना केन्द्रले ‘योग गरौं, निरोग रहौं’ भन्ने मूल मन्त्रका साथ आफ्नो दोस्रो साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ। भीमदत्त नगरपालिका–१५ स्थित वडा कार्यालयको सभाहलमा आयोजित साधारण सभामा योगाभ्यास, होम तथा पूजा–अर्चनासहित विविध कार्यक्रम सम्पन्न भएका थिए।

केन्द्रले २०८१ जेठ ३१ गतेदेखि निःशुल्क योग कक्षा सञ्चालन गर्दै आएको छ। दैनिक बिहान ४ः३० बजेदेखि ६ः०० बजे सम्म सञ्चालन हुने योग कक्षाले सहभागीहरूको दैनिक जीवनशैली सहज बनाउन र स्वास्थ्य प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याइरहेको छ।

साधारण सभाको अवसरमा वरिष्ठ प्रशिक्षक ई.धनसिंह बडालले आजको योग कक्षा सञ्चालन गरेका थियो । सोही अवसरमा भीनपा–१५का वडा अध्यक्ष भुवन भट्ट, योग प्रशिक्षक रुपेश भट्ट, एन्जिला पाल, तारा शाही तथा वरिष्ठ योग प्रशिक्षक ई. धनसिंह बडाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिका–१५ का वडा अध्यक्ष भुवन भट्टले ‘योगलाई स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैलीको आधारका रूपमा अपनाउनुपर्नेमा जोड दिए। उनले योगले शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।’

कार्यक्रमको अध्यक्षता केन्द्रका संयोजक करवीरसिंह भण्डारीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा भीमदत्त नगरपालिका–१५ का वडा अध्यक्ष भुवन भट्ट उपस्थित थिए त्यसैगरी विशिष्ट अतिथिहरूमा पतञ्जली योग समितिका केन्द्रीय सदस्य लवराज भट्ट, महिला पतञ्जली योग समिति कञ्चनपुरकी जिल्ला अध्यक्ष भावना के.सी., महासचिव गोबिन्दी बम, पूर्व अध्यक्ष कमला पाण्डेय, पतञ्जली योग समिति कञ्चनपुरका उपाध्यक्ष ई. धनसिंह बडाल, महासचिव प्रेमसिंह भाट, संगठन सचिव पवनकुमार पनेरु, नगर महासचिव महेश चन्द लगायत विभिन्न योग साधना केन्द्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले योगलाई जनस्तरसम्म विस्तार स्वस्थ समाज निर्माणमा योगदान पु¥याउन सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।


Loading Viewer...

ताजा समाचार

spot_img