दोधारा चाँदनीमा घर दैलोमा पुगेर गरिबीको पहिचान गरिदै

दोधारा
सरकारले देशैभरको गरिबी पहिचान गर्ने निर्णय संगै दोधारा चाँदनी नगरपालिकामा पनि स्थानियहरुको घर दैलोमा पुगेर गरिबीको पहिचान गर्ने कार्यक्रम अघि बढाईएको छ् ।
दोधारा चाँदनी नगरपालिका कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको सभा कक्षमा एक कार्यक्रमको आयोजना गरि स्थानियहरुको घरदैलोमा पुगेर गरिबी पहिचान गर्दै आएको जनाएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयले गरिब घरपरिवार पहिचान र परिचय पत्र बितरण सम्बन्धी एक दिने अन्तरक्रियामा उक्त कुरा बताएको हो । दोधारा चाँदनी नगरपालिका कार्यालयको आयोजनामा सरोकारवाला संग गरिब घरपरिवार पहिचान र परिचय पत्र बितरण सम्बन्धी एक दिने अन्तरक्रिया सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

भूमिव्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयले गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्य सम्पन्न गर्ने तयारीमा जुटेको हो । गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरणको लागी दोधारा चाँदनीमा ६ जना गणक र एक जना सुपरिबेक्षकले लगत संकलन तथा संकलित लगतलाई कम्प्युटरमा ईन्ट्री गर्ने कार्यमा तिब्रता दिएको छ् । गरिब तथा विपन्न वर्गको तथ्यांक नहुदा राज्यका तर्फबाट राहत तथा सहुलियतका कार्यक्रम सञ्चालन गर्न समस्या भएको र वितरण कार्य पनि उपलब्धीपूर्ण एवंंम् प्रभावकारी हुन नसकेकोे भन्दै सरकारले गरिब घरपरिवार पहिचान र परिचय पत्र बितरण गर्ने कार्य अघि बढाएको अन्तरक्रियामा बताईएको छ् ।

गरिब घरपरिवार परिचय पत्रले लक्षित तथा विपन्न वर्गलाई राहत, सहुलियत, रोजगारी, सामाजिक सुरक्षा लगाएतमा सहजता हुनुको साथै गरिब तथा विपन्न वर्गलाई लक्षित गरी विभिन्न निकायबाट सञ्चालित कृषि कर्जा, सहुलियत पूर्ण ब्याज, कृषिका लागी अनुदान, स्वास्थ्य उपचार, शिक्षामा सहुलियत लगाएतका कार्यक्रमहरु संच्ाँलन गर्दा प्रभावकारिता हुने दोधारा चाँदनी नगरपालिका कार्यालयका कार्यक्रम संयोजक भानदेब भट्टले बताएका छन् । गरिब पहिचान भईसकेपछि गरिबीका रेखामुनि रहेकालाई परिचपत्र वितरण गर्ने कार्यक्रम अनुरुप कार्यक्रम अघि बढाएको कार्यक्रम संयोजक भानदेब भट्टले बताएका छन् । एक जना गणकले १ महिनामा ३ सय ७५ घरधुरीमा बिबरण संकलन गर्नु पर्ने उनले बताए । दोधारा चाँदनीको प्रत्येक घरधुरीमा गणकहरु पुगेर बिबरण संकलन कार्यमा सबैले सहयोग पु¥याईदिन आग्रह गरिएको छ् ।

लगत संकलनमा पुगेका गणकहरुलाई सहजतापुर्वक सोधेका बिबरणहरु उपलब्ध गराईदिन समेत आग्रह गरिएको छ् । गणहरुले सोधेका यर्थात बिबरण उपलब्ध गराई गरिब घरपरिवार पहिचान र परिचय पत्र बितरण अभियानलाई सफल बनाउन सबैको दायित्व बताउदै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले गरिब घरपरिवार पहिचान नहुदाका समस्याका बारेमा प्रकास पारेका थिए । गरिब घरपरिवार परिचय पत्रका आधारमा कार्यक्रमहरु सञ्चालन गर्दा स्रोतको सही सदुपयोग हुने र प्रभावकारी परिणाम निस्कने दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बताए । घर परिवार सर्वेक्षणमा झुा वा नक्कली तथ्यांक संकलन र प्रविष्ट हुन नसक्ने बिधी सहित त्यस्ता तथ्यांकको सिफारिस गर्ने वा संकलन गर्ने वा प्रविष्ट गर्ने पदाधिकारी उपर कारबाही गर्ने बताईएको छ् । कार्यक्रमा गरिब घरपरिवार पहिचान र परिचय पत्र बितरणका सुपरिबेक्षक दिलीप रोकायाले गरिब घरपरिवार पहिचान र परिचय पत्र बिबरण संकलनमा घर(घरमा जाँदाका समस्याका बारेमा कार्यक्रममा औल्याएका छन् ।

पहिलो चरणमा वडा नं. १, २, ३, ६, ७ र १० मा दोस्रो चरण मा वडा नं. ४, ५, ८ र ९ केही दिन अघि लगत संकलन गर्ने योजना बनाईए अनुरुप दोधारा चाूदनीका बिभिन्न वडाहरुका घरदैलोमा पुगी लगत संकलन कार्य अघि बढाईरहेको उनले बताए । गरिब घरपरिवार पहिचान र परिचय पत्र बितरण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, नगरउप्रमुख चिनी ओझा गिरी, वडा अध्यक्ष, नगरकार्यपालिका पदाधिकारी, पत्रकार, गणक लगाएत सरोकारवालाको बाक्लो उपस्थिती
रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds