विष्ट दाजुभाईद्वारा जेहेन्दार विद्यार्थीका लागि अक्षकोष स्थापना

कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका ३ तिलपुरका विष्ट दाजुभाईले जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष स्थापना गरेका छन । भीमदत्त नगरपालिका ३नयाँ तिलकपुर बैजनाथ माविका प्रह मदन बहादुर विष्ट र समाजसेवि समेत रहेका तिलाचौर खानेपानी उभोक्ता समितिका उपाध्यक्ष दानसिह विष्टले ३५ हजार १सय ५५ को अक्षयकोष स्थापना गरेका
हुन ।

मंगलबार सरस्वती पुजाका दिन प्रअ र समाजसेवि विष्टदाजुभाईले बाबु बीर सिह विष्ट आमा डम्बरादेवि विष्टको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन । गत बर्ष ५ हजारबाट शुरुवात गरिएको अक्षयकोष यस बर्ष ३७ हजार १५५पुगेको हो । विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष एव तिलाचौर खानेपानी उभोक्ता समितिका अध्यक्ष मान सिह बोहरा सहितबाट उक्त रकम हस्तान्तरण गरिएकोछ । गरिब, जेहेन्दार विद्यार्थीलाई उक्त छात्रबृति प्रदान गरिनेछ ।

ताजा समाचार

This will close in 10 seconds