वाफर नेपाल पानी प्रोजेक्टको सरोकारवाला सँग समन्वयात्मक छलफल

कञ्चनपुर
बल्चौर वन तथा बातावरणीय स्रोत विकास केन्द्र नेपालको आयोजना र  नेपाल पानी परियोजनाको आर्थिक सहयोगमा सोमबार सिकाई आदान प्रदान, अनुगमन गर्नु पर्ने, र अवैध उत्खनन जस्ता विषसमा छलफल गरियो  । भीमदत्त नगरपाकिला वडा नं.१३ का वडा अध्यक्ष लगायत त्यहाँका सदस्यहरु सँग समन्वयात्मक छलफल तथा बैठक गरेको । वाफर नेपाल पानी प्राजेक्टको फिल्ड अफिसर शारदा जोशीले महाकाली नदीमा ‘ढुङ्गा, बालुवा र गिट्टी अवैध रुपमा उत्खनन हुने हुनाले महाकाली सगँ जोडिएका वडाहरुले महाकालीको अवैध उत्खनन रोक्न मद्दत गनुपर्नेमा जोड दिनुृ भयो भने सिकाई आदान प्रदान र नगर स्तरीय समितिले माहाकाली नदि उत्खनन क्षेत्रमा अनुगमन गरिदिनु अनुरोध वारे छलफल भएको छ।

वडा नं. १३ का अध्यक्ष लाल बहादुर शाहीले महाकाली नदीमा हुने उत्खनन बारे आफुहरु पनि चिन्तीत रहेको तर नगरपालिकाले जनशक्ति दिन नसक्दा आफुहरुले कडारुपमा प्रस्तुत हुन नसकेको बताउनु भयो । यद्दपी आफुहरु अनुगमनको लागि तयार रहेको अवेध रुपमा हुने उत्खनन् रोक्न बाफर नेपाललाई सहयोग गर्ने बताए ।

सोमबार भएको समन्वयात्मक छलफल तथा बैठकको प्रमुख आतिथ्य वडा नं. १३ का अध्यक्ष लाल बहादुर शाहीले गर्नु भएको थियो भने वडाका सदस्य तथा सरोकारवालको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन बाफर नेपाल पानी प्राजेक्टकी शारदा जोशीले गर्नु भएको थियो ।

ताजा समाचार

This will close in 10 seconds