वर्षा नेपालीलाई रेडक्रस उपशाखा दोधाराको पहलमा मेशियाबाट सहयोग


दोधारा

शरिरमा तातो पानी खनिए पछी तातोपानीले जलेर घाइते भएकी ६ बर्षीया बालिका वर्षा नेपाली (दमाई) को आर्थिक अभावका कारण उपचारमा समस्या भएको थियो । उनको उपचारको लागी दोधारा चाँदनी क्षेत्र देखि बिदेशमा सहयोग रकम संकलन गरी थप उपचारका लागी दोधारा चाँदनीको सिमावर्ती भारतिय बजारको एक निजी अस्पतालमा उपचार हुदै आएको छ् । दोधारा चा“दनी नगरपालिका वडा नं. ७ संसारी टोल निवासी अर्जुन नेपालीको छोरी वर्षा नेपालीको गए मंसिर २८ गते शरिरमा तातो पानी खनिए पछी तातोपानीले जलेर घाइते भएका हुन् । आर्थिक अवस्था दैनिय रहेको वर्षा नेपालीको सहयोगको लागी दाताहरुले आर्थिक संकलन गरि उनलाई सहयोग गर्दै आएका छन् । यसै क्रममा वर्षाको उपचारको लागी उनैको घरमा आज एक कार्यक्रमको बिच नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाको पहलमा बिदेशबाट प्राप्त सहयोग रकम हस्तान्तरण गरेको छ् ।

नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाको पहलमा मलेशियामा रोजगारीमा रहदै आएका नेपालीहरुले वर्षाको उपचारको लागी रकम पठाएपछि वर्षाकै घरमा गएर नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाको पदाधिकारीहरुले घाईते वर्षाका आमा बिमला नेपालीलाई प्राप्त रकम हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्लले जानकारी दिएका छन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका पदाधिकारीहरु राजेन्द्र मल्ल, मोहन सुनार, दधी रावत, हरि प्रसाद बराल, शोनी क्षेत्री, भिमा थापा, कोमल उपाध्याय लगाएत स्थानिय बुद्धि देबी कठायत तथा दाता दिपक मल्लका परिवारजनको उपस्थिती रहेको थियो । कार्यक्रममा मलेशियामा रोजगारीको लागी रहदै आएका दिपक मल्लको पहलमा रु. २२ हजार ३ सय ४० रुपिँया संकलन गरि पठाईएको बताईएको छ् । प्राप्त रकमलाई घाईते वर्षा नेपालीका आमा बिमला नेपालीलाई हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाले जनाएको छ् । आफ्नो घाईते छोरीको उपचारको लागी सहयोग प्राप्त भएको खुशी ब्यक्त गर्दै नेपाल रेडक्रस सोसाईटीका पदाधिकारी तथा मलेशियामा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीलाई हार्दिक धन्यबाद दिएका छन् । उनले पिडाको बेला सहयोग गरेकोले सबैको परिवारमा खुशी छावस भन्दै खुशीको आँशू झारेका छन् । नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका पदाधिकारीहरुले आर्थिक अवस्था निकै दैनिय रहेका घाईते वर्षा नेपालीको परिवारजनमा सहयोगको लागी थप आश्वान समेत दिएका छन् ।

शाखाले पुन ः आवश्यक रहेको खण्डमा वर्षाको उपचारको लागी सहयोग संकलन गर्ने समेत बताएको छ् । तातोपानीले जलेर घाइते भएकी ६ बर्षीया बालिका वर्षा नेपालीलाई उपचारको लागी अझै सम्म झण्डै रु. ३ लाख खर्च भईसकेको भन्दै दाताको सहयोगले उपचार गर्न सहज भएको बताएका घाईतेका आमा बिमला नेपालीले छन् । यस अघि केही दाताहरुको उपचारको लागी सहयोग समेत पाउदै आएको घाईतेका आमा बिमला नेपालीले बताएका छन् । दोधारा चा“दनी–७ घर भएका दिपक मल्ल, दोधारा चा“दनी–७ घर भएका बिरु मगर, सिरहा घर भएका कबिता लामा, बेलडा“डी घर भएका संजय बुढा, धनुषा घर भएका राम महरा र नेपाल गञ्ज घर भएका नरेश बुढा हाल रोजगारीको सिलसिलामा मलेशियमा रहदै आएका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुले स्वस्फुर्तरुपमा रकम संकलन गरि नेपाल रेडक्रस उपशाखा दोधाराको बैंक खाताका पठाएको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्लले बताएका छन् । मलेशियामा रहदै आएका सबै मनकारी मन भएका नेपालीहरुले तातोपानीले जलेर घाइते भएकी ६ बर्षीया बालिका वर्षा नेपालीको उपचारको लागी सहयोग गरेको भन्दै दाताहरुमा रेडक्रसका सभापती मल्लले बिशेष धन्यबाद समेत दिएका छन् । यस अघि मलेशिया रहेका उक्त नेपालीहरुको समुहले रेडक्रस सोसाईटी दोधारा उपशाखा मार्फत कोरोना संक्रमणले निम्त्याएको लकडाउनको बेला घरमा चुल्हा जलाउन समस्यामा रहदै आएका दोधाराका गरिब तथा अतिबिपन्न परिवारलाई राहत समेत पठाएको हो ।

स्थानिय बुद्धि देबी कठायतले दोधारा क्षेत्रमा आर्थिक अवस्था निकै कमजोर भएका दुखीहरुमा लागी नेपाल रेडक्रस सोसाईटी उपशाखा निकै सहयोगी देखिदै आएको बताएका छन् । कारोना भाईरसको बेला रेडक्रस उपशाखा दोधाराले गरिब परिवारमा चुल्हो जलाउन समस्यामा परेकाहरुलाई देश तथा बिदेशमा रहेका नेपाली दाजु भाईहरुबाट सहयोग संकलन गरि राहत बितरण गर्दै आएका तथा आर्थिक बिपन्नताको कारण पिडामा रहेकाहरुलाई मल्हम लगाउन रेडक्रस उपशाखा दोधारा सफल हुदै आएको स्थानिय बुद्धि देबी कठायतको भनाई रहेको छ् । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुरका मनोज उप्रेतीले छोटो समयमा नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराले राम्रो मानविय कार्य गरेको बताएका छन् । लकडाउनको कारण समस्यामा परेका अतिबिपन्न परिवारलाई बिदेशबाट रकम संकलन गरि बितरण गर्नुको साथै पिडामा रहेका स्थानियहरुलाई मानविय सहयोग पु¥याउदै आएको नेपाल रेडक्रस सोसाईटी उपशाखाले निकै राम्रो कार्य गर्दै आएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुरका मनोज उप्रेतीले बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img