भोली देखि कोरोना रोगविरुद्धको पहिलो चरणको दोस्रो प्राथमिकता समुहका व्यक्तिहरुलाई खोप लगाइने


कञ्चनपुर
विश्व कोरोनाको कारण आर्थिक तथा भौतिक रुपमा त्रासित भईरहेको बेला नेपाल सरकारले विभिन्न देशको सहयोगमा कोरोना विरुद्धको खोप लगाउदै आएको छ । पहिलो चरणको पहिलो प्रथमिकतामा रहेका व्यक्तिहरुलाई खोप दिइसकेको छ भने स्वास्थ्य कार्यालय कञ्चनपुरले कोरोना (कोभिड–१९) रोगविरुद्धको पहिलो चरणको दोस्रो प्राथमिकता समुहका व्यक्तिहरुलाई खोप लगाउने भएको छ ।

आइतबार देखि शुरु हुने कोरोना विरुद्धको खोप ४ वटा केन्द्रबाट लगाउन पाइने छ । २ गते देखि ५ गते सम्म विभिन्न लक्षित समुहलाई खोप दिइने छ । कञ्चनपुर जिल्ला भरी ४ स्थान बाट खोप दिइने छ जसमा भीमदत्त नगर पालिका स्थित महाकाली अस्पताल, बेलौरी नगरपालिका स्थित श्रीपुर प्रा.स्वा.केन्द्र बेलौरी, शुक्लाफाँटा नगरपालिका र दोधरा चाँदनी नगरपालिकामा खोप दिइने छ ।

यस अन्तर्गत सरकारी कर्मचारी, पत्रकार, सञ्चाकर्मी, जनप्रतिनिधि, संघ, संस्थाका कर्मचारी (बैंक, विद्युत, दुरसंचार), तथा गैर सरकारी संघ, सस्थाका कर्मचारी सुरक्षाकर्मी (नेपाल प्रहरी, सेना, जनपथ प्रहरी), छुटेका स्वास्थ्यकर्मी र स्वयंसेवकलाई दिइने स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img