भागरथीका हत्यारा बलात्कारीको यथाशिघ्र सार्वजनिक होस


बैतडी

महिला अधिकारकर्मी तथा जनता समाजवादी पार्टीका नेतृको टोली बैतडी पुगेको छ । बलात्कार पछि हत्या गरिएकी दोगडाकेदार गाँउपालिका ७चडेपानीकी १७बर्षिया किशोरी भागरथी भट्टको घटनाबारे बैतडी पुगेका जसपा महिला नेतृ माया नेगी, प्रेमबती रानाको टोलीले हत्यारा यथाशिघ्र सार्वजनिकको माग अघि सारेको छ । घटना स्थल, भागरथीका घर परिवार एव सरोकारवाला निकायसंग भेटघाट गरि पछिल्ला दिनमा दिनमा महिलामाथि भईरहका यौनजन्य हिंसा एब बलात्कारका घटना रोकथामका लागि समेत नीतिगत व्यवस्था कार्यान्वयनको अधिकारकर्मीले माग अघि सारेका छन ।

जसपा नेतृ एव महिला अधिकारकर्मी माया नेगीले जघन्य प्रकृतिको घटना भएकाले यस्ता घटनामा जो सुकै भएपनि कार्बाहीको माग अघि सारिन् । ‘हामीले मृतक परिवार, आफन्त छरछिमेकीलगायत सरोकारवाला निकायसंग छलफल गरेका छौँ, ‘उनले भनिन, ‘भागरथीका हत्यारा बलात्कारी यथाशिघ्र सार्वजनिक हुनुपर्छ ।’ मृतक परिवारलाई न्यायका साथै आगामी दिनमा यस्ता प्रकृतिका घटना नदोहो¥याउनका लागि समेत सरोकारवालासंग छलफल गरिएको छ । महिला अधिकारकर्मी नेगी, रानाले पीडित परिवारको न्यायका लागि निरन्तर पहल गर्ने उद्घोष गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img