जोगबुढाबाट कञ्चनपुर चिरानका काठ तस्करी

कञ्चनपुर

सुदूरपश्चिम प्रदेश डडेल्धुराको भित्रिमधेश जोगबुढा क्षेत्रबाट कञ्चनपुर काठ तस्करी भईरहेको पाईएको छ । जोगबुढा क्षेत्रबाट ट्रकमा आएको काठ कञ्चनपुर वनको टोलीले बरामद गरेको छ । गयराती जोगबुढा क्षेत्रबाट महेन्द्रनगर तर्फ आईरहेको से१ख ७५५ नम्बरको ट्रकमा १ सय १६ थान चिरानका कडी बरामद गरिएको हो ।

सहायक वन अधिकृत प्रकास जोशीले ट्रकमा राखिएको अवैध काठ बरामद गरिएको बताए । बेदकोट नगरपालिका छेला दैजी रोड क्षेत्रमा वनको टोलीले ट्रक नियन्त्रणमा लिन खोज्दा चालक र सह चालक भागेकाले कसको काठ कहाँबाट किन कहाँ लैजान लागेको बारे एकिन भएको वनको टोलीले जनाएको छ ।

उक्त काठ डिभिजन वन कार्यालयमा ल्याईने छ । कुनै काठ तस्करको उक्त काठ भएको वनले अनुमान गरेको छ । गरिब विपन्नले यसरी ट्रकमा काठ ल्याउने विषय नभई व्यवसायी काठ तस्करकै काठ भएको अनुमान गरेको छ ।

ताजा समाचार

This will close in 10 seconds