कञ्चनपुर

बोलेकै भरमा नागरिकमाथि प्रतिबन्ध, धरकपट र गिरफ्तारी गरेको भन्दै नेकपा प्रचण्ड नेपाल पक्षधर युवाले गृहमन्त्री राम बहादुर थापा(बादल)को पुत्ला दहन गरेका छन । नेकपा नेतृ झाँक्रीको पक्राउ गरेको बिरोधमा युवा संघ कञ्चनपुरले महेन्द्रनगरमा बिहीबार साँझ गृहमन्त्री बादलको पुत्ला दहन गरेको हो ।

नेकपा प्रचण्ड नेपाल कञ्चनपुरका युवा नेता एव राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य रामचन्द्र रेग्मीले प्रतिगमन बिरुद्धमा नेत्रृ झाँक्रीको गिरफ्तारी बिरुद्धमा गृहमन्त्रीको पुत्ला दहन गरिएको छ । राष्ट्रिय युवा संगठन कञ्चनपुरका नेताहरुले निर्मला पन्त, भागरथी भट्ट लगायत थुप्रै बालिका, किशोरी, महिलाका हत्यारा बलात्कारीलाई पक्राउको साटो प्रतिगमन बिरुद्धमा नागरिकको आवाज बुलन्द गर्नेमाथि धरकपट गरिएको कार्यको भत्र्सना समेत गरेका छन ।







