प्रथम प्रधानमन्त्री कप ब्याडमिन्टन सुरु

बागमती
प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७७ चितवनमा बुधबारदेखि सुरु भएको छ । बागमती प्रदेश प्रमुख बिष्णु प्रसाईले एक कार्यक्रम विच प्रतियोगिताको उद्घाटन गरेका थिए । चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृती ट्रष्टको संयुक्त आयोजना भएको प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब, २७ जिल्ला तथा अन्य क्लबगरि २५२ खेलाडीहरुले सहभागिता जनाएका छन् । पुरुष एकल र राष्ट्रिय २० बरियताको युगल, राष्ट्रिय २० बरियता बाहेककाको युगल, महिला एकल, छात्र र छात्रा यु १७, पुरुष भेट्रान्स ४५ बर्ष माथी र ५५ बर्ष माथी गरि ८ स्पर्धामा प्रतिस्पर्धा गराईएको छ ।

शाहिल चन्दको दोहोरो बिजयी सुरुवात
एनआरएन दुवईका शाहिल चन्द चितवनमा जारी सर्वाधिक पुरस्कार रासीको प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७७ मा दोहोरो जित निकाल्न सफल भएका छन् । चन्दले छात्र यु १७ तर्फ गुल्मीका मनोज पोदारलाई २१।१३, २१।१३ को समान अन्तरले पराजित गर्दै दोश्रो चरण प्रवेश गरे । यस्तै उनले पुरुष एकलमा पनि जित निकाले । चन्दल् पुरुष एकलमा काठमाण्डौका भबिश थापालाई २१।९, २४।२२ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएका हुन् ।

यस्तै पुरुष एकल तर्फ जित निकाल्ने क्रममा सेनाका हिमाल चन्दले बाँकेका शिभ थापालाई २१।९, २२।२० ले, सेनाका पविन लिनथेपले कञ्चनपुरका संजीव भण्डारीलाई २१।६, २१।४ ले, नवलपरासीका रोशन कुमालले कैलालीका सोशन खत्रीलाई २१।५, २१।८ले, एपिएफका प्रियानसु सिंह क्षेत्रीले धादिङ्गका सविन तामाङ्गलाई २१।८, २१।१७ले, सेनाका आयुष्मान नागरीले बाराका सुरेन्द्र श्रेष्ठबाट वाक ओभर, साईनोका अभिषेक बोसले सुनसरी ब्याडमिन्टन एकेडेमीका २१।१२, २१।९ले, चन्द्रगढीका अखिल श्रेष्ठले बाँकेका रियाज अन्सारीलाई २४।२२, २१।१७ले, बाँकेका इरफान अन्सारीले बाराका युवराज राउतबाट वाकओभर, एपिएफका सुमन लिम्बुले चन्द्रगढीका रुपक थिङ्गलाई २१।१०, २०।२२, २१।१०ले, सुर्खेतका नरेन्द्र बलमे बालकुमारी रिमिक्स क्लब राजेन्द्र महर्जनलाई २१।१८, २१।१७ ले तथा बाराका राम कृष्ण श्रेष्ठले परासीका लसन तामाङ्गलाई २१।१४, २३।२१ ले पराजित गर्दै दोश्रो चरण यात्र तय गरे ।

यस्तै छात्र एकल तर्फ कैलालीका रोसन साउद, सुर्खेतका प्रकाश अधिकारी, चितवनका लामा छिरिङ्ग, बुटवल ब्याडमिन्टन क्लबका कृष नेपाल र कैलालीका पारस उपाध्यायले पनि दोश्रो चरण प्रवेश गर्ने क्रममा जित निकाले । साउदले बाँकेकाक शिब सुनुवारलाई २१।१२, २१।७, अधिकारीले बुटवल ब्याडमिन्टन क्लबका आयुष जङ्ग कार्कीलाई २१।८, २१।१३, लामाले कपिलबस्तुका आशिष कुमार चौधरीलाई २१।१०, २१।१५, कृषले धन्वन्तरीका काकेश सत्याललाई २१।१९, २१।११ले, पारसले धादिङ्गका अश्विन मगरलाई २१।१४, २१।१३ ले पराजित गरे ।

यसैगरि ललितपुरका सिद्धार्थ महर्जनले चितवनका रमन थापालाई २०।२२, २१।६, २१।१३, कैलालीका शिषिर रानाले धादिङ्गका सलिन गुरुङ्गलाई २१।१७ को समान अन्तरले, जेष्ट ब्याडमिन्टनका क्षितिज खनालले रुपन्देहीका प्रतिक अर्याललाई २१।१२ को समान अन्तरले, गुल्मीका जेनिश थकालीले कैलालीका राहुल चौधरीबाट वाकओभर, ललितपुरका निर बज्राचार्यले पाल्पाका सचिन तिमल्सिनालाई २१।१९, २१।१३, बाँकेका राजेश बिसीले कपिलबस्तुका सविन श्रेष्ठलाई २१।१८, २१।१४, सुनसरी ब्याडमिनटन एकेडेमीका बिनय चौधरीले कपिलबस्तुका अभय महरालाई २१।१७, २४।२२, धादिङ्गका निश्चित श्रेष्ठले जेष्टका अभियान अधिकारीलाई २१।१६, २१।१९, जेष्टका अमन महर्जनले चितवनका निशान गुरुङ्गलाई २१।१२, २१।१७, बर्दियाका सचिन चौधरीले धादिङ्गका दिक्षित न्यौपानेलाई २१।१३, २१।१७, नवलपरासीका सोशन कुमालले बाँकेको निश्चल खवासलाई २१।४ को समान अन्तरले, कपिलबस्तुका साजन कुँवरले धादिङ्गका निश्चल श्रेष्ठलाई २१।१७, १।२१, २१।१०ले तथा आर्मीका डेभिड थापामगरले महोत्तरीका मन्शा राज सेर्माबाट वाक ओभर प्राप्त गर्दै दोश्रो चरणमा स्थान बनाए ।

ताजा समाचार

This will close in 10 seconds