जैविक मार्ग संरक्षणमा जोड

कञ्चनपुर
वन, पर्यावरण र जैविक विविधता संरक्षणका लागि जैविक माग संरक्षणमा सरोकारवाला निकायले जोडदिएका छन ।
मंगलबार डिभिजन वन कार्यालयमा सम्पन्न भएको जैविक मार्ग प्रर्बद्धनमा सामुदायिक प्रयास सहजकर्ताको भूमिका विषयक छलफलमा सहभागिले वन, पर्यावरण र जैविक विविधता संरक्षणका लागि जैविक माग संरक्षणमा सरोकारवाला निकायले जोडदिएका हुन । समुदायमा आधारित वन सहजकर्ता सञ्जाल नेपालले कञ्चनपुरको लालझाडी र शुक्लाफाँटा जैविक मार्गको अध्ययन तथा अवलोकन गर्दै जैविक मार्ग प्रर्बद्धन बारे सरोकारवालासंग अन्तरकृया कार्यक्रम गरेको थियो ।कार्यक्रममा डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजनल अधिकृत अजय कुमार मानन्धरले लालझाडी जैविक मोहना संरक्षण क्षेत्र बारे कार्यपत्र प्रस्तुत गर्दै जैविक विविधतामा जोडदिएका छन । उनले वन पर्यावरण संरक्षणका लागि प्रविधिको प्रयोग गरिने बताए । ‘अब हामी ड्रोन विधिबाट वनमा गस्ती गछौँ, ‘उनले भने, ‘मानविय स्रोत साधन अभाव भएको छ ।’ जैविक कोरिडोर संरक्षण र सम्र्बद्धनका लागि समुदायको समेत सहयोग हुनुपर्ने उनले बताए । दुधुवा लालझाडी जोड्नुपर्ने उनको भनाई छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जापुनले वन्यजन्तुबाट हुने क्षतिको राहतका लागि निर्देशिका परिमार्जनमा जोडदिदै उनले जैविक विविधता संरक्षणमा जोडदिए । सामुदायिक वन उपभोक्ता महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी साउदले मानव बन्यजन्तुविचको द्वन्द न्यूनिरणमा जोडदिनुभयो । सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष शिवदत्त पन्तले कुनै समयमा वन फडानी भएपनि समुदायकै पहलमा वन संरक्षणमा भएको बताए । समुदायमा आधारित वन सहजकर्ता सञ्जाल नेपालका अध्यक्ष अप्सरा चापागाईले जैविक विविधताका लागि संरक्षणमा जोडदिनुभयो । अध्यक्ष चापागाईले समितिको कञ्चनपुरमा बसेको ३६औँ बैडकबाट सात बुदे घोषणा पत्र पारित गरिएको बताए । उनका अनुसार स्थानीय तहबाट समुदायका लागि सेवा प्रवाह, वन स्रोतमा आधारित उद्यम विकास गरि सम्बृद्धिमा योगदान, वन क्षेत्रमा सुशासनको अपरिहार्यता, वन व्यवस्थापनमा समुदायको स्वायत्त भूमिका, प्राकृतिक स्रोत साधन समुदायको जिम्मेबारीता, सबैको पहिचान भेटिने वन मैत्री कानुन र वन क्षेत्रका अधिकारवाला सरोकारवालाविच नियमित सम्वाद बारे कार्यपत्र पारित गरिएको छ ।

ताजा समाचार

This will close in 10 seconds