स्थानीय तहहरुमा भौतिक संरचनाको चरम दुरुपयोग

कञ्चनपुर

देश संघियतामा गईसके पछी सिहदरवारको अधिकार गाउघरमा आए संगै स्थानीयतहहरुमा भौतिक संरचनाको चरम दुरुपयोग हुने गरेको छ । करोडौंका मेसिनरी समानहरु अलपत्र अवस्थामा पर्ने गरेको उदाहरणहरु थुप्रै भेटिने गरेका छन ।
यस्तै घटना दार्चुलाको मालिकार्जुन गाँउपालिकामा भएको छ । मालिकार्जुन गाउँपालिकाले २०७४ पौष १६ गतेको कार्यपकलिकाको निर्णय बमोजिम २०७४ पौष १३ गते ललितपुरको एम ए डव्ल्युु अर्थ मुुभर्स प्रालिले सदर गरेको एक करोड १५ लाखमा खरिद गरीएको स्काईभेटर बिग्रेर खोलामा थन्किएको पन्ध्र महिना भईसकेको छ तर सडक निर्माणको लागी ठेकेदार कम्पनीबाट चर्को मुल्यमा स्काईभेटर भाडामा ल्याएर काम गरिहेका छन ।

गाँउपालिका अध्यक्ष नरेन्द्र सिह धामीले भने स्काईभेटर सञ्चालन समितिले नै चासो नदिएका कारण मर्मत हुन नसकेको बताउनुभएको छ । २०७४ चैत्र २ गतेको कार्यापालिका वैठकले नै गाँउपालिका उपाध्यक्ष पुुष्पा अवस्थिको संयोजकत्वमा ईन्जिनीयर र लेखापाल सहितको तिन सदस्यीय स्काईभेटर संचालन तथा व्यवस्थापन समिति गठन गरेको र स्काईभेटर बिग्रे पछी २०७६असोज २८ गतेको कार्य पालिकाको बैठकले सम्पुर्ण मर्मत खर्च गाँउपालिकाले बेहोर्ने निर्णय समेत गरिसकेको अवस्थामा संचालन तथा व्यवस्थापन समितिकै लापरवाहिका कारण यस्तो अवस्था आएको समेत उहाले बताउनुभएको छ ।

यता गाँउपालिकाका उपाध्यक्ष पुुष्पा अवस्थिले भने स्काईभेटर सञचालन समिति को संयोजकको हैसियतले पटक पटक कार्यपालिका मार्फत मर्मतको लागी कुरा राख्दा समेत गाँउपालिका कार्यालयले बजेट अभावको वाहाना बनाई मर्मतमा लापरवाहि गरेको बताउनुभयो । उक्त स्काईभेटर मर्मतको लागी प्राविधिक वोलाएर चेक जाँच समेत गराई पन्ध्रलाख जति रकम लाग्ने प्रारम्भिक अनुमान गरिएको तर कार्यालयले बजेको व्यवस्था नगरेको कारणमर्मत हुन नसकेको आरोप उहाले लगाउनुभएको छ ।

मालिकार्जुन गाँउपालिकाका स्थानीहरुले भने लामो समय देखी गाँउपालिका अध्यक्ष र उपाध्यक्ष विचको विवादका कारण उक्त स्काइृभेछर मालिकार्जुन गाउँपालिका ८ पपना खोलामा बेवारिसे अवस्थामा थन्क्याएर राखेको गुनासो गर्ने गरेका छन । जनप्रतिनिधहरुकै आपसि विवादले जनता मार्का पर्दा स्थानीय जनताहरुले समेत दुख पाईरहेका छन । गाँउपालिकाको स्काईभेटर छिटो मर्मत सम्भार हुनुपर्ने ठेकेदार बाट चर्को दरको भाडामा ल्याएको स्काईभेटर फिर्ता गरिनुपर्ने स्थानीयहरुको माग रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

बैतडिको दोगोडा केदारमा भारी असिनाले क्षति

नवीन जोशी /बैतडी सुदूरपश्चिम प्रदेशका तराई लगायत पहाडी जिल्लाका अधिकांश भागमा निकै वर्षा हुँदा आज बुधबार साझ परेको असिनाले बैतडिको दोगोडाकेदार र आसपासका क्षेत्रमा भारी...

कञ्चनपुरमा निषेधज्ञा जेष्ठ ७ गते सम्म थप कायम

कञ्चनपुर कञ्चपुर जिल्ला प्रशासन कार्यालयबाट बैशाख ३१ गते सम्म तोकिएको निषेधाज्ञा (लकडाउन)को समयाअवधि थप गरि जेष्ठ ७ गते राती १२ बजे सम्मको लागि कायम गरिएको...

जनज्योति क्याम्पसद्वारा महाकालि अस्पताललाई एकलाख एकाउन्न हजार सहयोग प्रदान

कञ्चनपुर सुदूरपश्चिम प्रदेश कै अग्रणी शैक्षिक संस्था जनज्योति क्याम्पसले बढिरहेको कोरोनाको कहर र यस अवधिमा विरामीलाई अक्सिजनको अभाव कम गर्न तत्काल अक्सिजन पलान्ट निर्माण गरी...

फारवेष्ट टाईम्स नेपाली दैनिक एव अनलाईन संस्करणले महाकाली अस्पतालमा अक्सिजन खरिदका लागि आर्थिक सहयोग

कञ्चनपुर सुदूरपश्चिमकै जेठो पत्रिका फारवेष्ट टाईम्स नेपाली दैनिक एव अनलाईन संस्करणले महाकाली अस्पतालमा अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेकोछ । अक्सिजन अभावका कारण कोरोना महामारीका...

काठमाडौंविरुद्ध पुनरागमन जितसहित धनगढी एनएसएलको फाइनलमा प्रवेश

 कञ्चनपुर , काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्द धनगढी एफसी नेपाल सुपर लिग एनएसएलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो...