कञ्चनपुर

संसद विघटन बिरुद्धमा जनता समाजवादी पार्टीको २५ माघ (आईतबार) देशभरी प्रधानमन्त्रीको पुत्ला दहन कार्यक्रम
थियो । त्यसै अनुरुप जसपा कञ्चनपुरका नेता कार्यकर्ताहरुले पनि भगतपुर पार्टी कार्यालयमा प्रधानमन्त्रीको पुत्ला दहन कार्यक्रमको तयारी गर्दै थिए । प्रहरीले जसपा कञ्चनपुरका नेता कार्यकर्ताको पहिलो प्रयास असफल पारिदियो ।


तर, जसपा नेता कार्यकर्ताले प्रहरीलाई छिचोल्दै पुत्ला दहन गरे । ‘एउटा पुत्ला प्रहरीले खोसिदियो, ‘जसपा कञ्चनपुरका नेता अम्बादत्त तिवारीले भने, ‘दोस्रो भने जलाए ।’ पुत्ला दहन कार्यक्रममा जसपा नेताहरु तिवारी, प्रेमबती राना, अभिषेक कुमाल लोकराज भट्ट सहितका थिए । जसपा कञ्चनपुरका नेताहरुले असम्वैधानिक कदम बिरुद्धमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको बताए ।








