दोधारा चाँदनीमा मसला उद्योग संचालनको तयारी


दोधारा

मुख्यमन्त्री नमुना कृषी गाँउ (मसाला) कृषक समन्वय समिति दोधारा चाँदनी वडा नं. ७, ८, ९ र १० ले गाउमै मसाला उद्योग स्थापना गर्ने भएपछि मसला किन्न अन्य स्थानमा जानु पर्ने छैन । मुख्यमन्त्री नमुना कृषी गाँउ (मसाला) कृषक समन्वय समिति दोधारा चाँदनी वडा नं. ७, ८, ९ र १० ले गत वर्ष देखि मसला उद्योग स्थापना गर्न भौतिक पुर्वाधार तयारीमा जुटेका छन् । गाँउमै मसाला उद्योग स्थापना हुने भएपछि स्थानीय उत्पादनले समेत बजार समेत पाउने भएको छ् । मसला उत्पादनको लागी गाँउमै जडीबुटी र अन्य कृषि उत्पादन बढाउन गर्न थालिएको हो ।

मुख्यमन्त्री नमुना कृषी गाँउ (मसाला) कार्यक्रम अन्तर्गत स्थानीय उत्पादनको खपत तथा किसानहरुलाई रोजगारीमा जोड्न सिर्जनशील आय आर्जन मसला उद्योग सञ्चालनमा ल्याउन तयारी सुरु गरिएको मुख्यमन्त्री नमुना कृषी गाँउ (मसाला) कृषक समन्वय समिति दोधारा चाँदनीले जनाएको छ् । आज एक कार्यक्रमको बिच मसाला खेती सम्बन्धी एक दिने गोष्ठी सम्पन्न भएको छ् । दोधारा चाँदनी क्षेत्रको वडा नं. ७, ८, ९ र १० मा मसाला उद्योग स्थापनाको लागी गत वर्ष देखि मुख्यमन्त्री नमुना कृषी गाँउ (मसाला) कृषक समन्वय समितिले भौतिक योजना निमार्ण कार्यमा जुटेको हो ।

मुख्यमन्त्री नमुना कृषी गाँउ (मसाला) कृषक समन्वय समिति दोधारा चाँदनीका अध्यक्ष टिका देबी मगरको सभापतित्वमा संचालन भएको मसाला खेती सम्बन्धी एक दिने गोष्ठीका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार रहेका थिए भने, बिशिष्ठ अतिथीमा दोधारा चाँदनी नगरपालिका नगर उपप्रमुख चिनी ओझा गिरी, दोधारा चाँदनी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ऋषिराम क्षेत्री, वडा नं. ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, वडा नं. ८ का वडा अध्यक्ष ओंमप्रकाश रोकाया, वडा नं. १० का वडा अध्यक्ष नर बहादुर सुनार, कृषी ज्ञान केन्द्र प्रमुख डा. दिल बहादुर बिष्ट, कृषी ज्ञान केन्द्रका लेखा अधिकृत केशव दत्त जोशी, कृषी ज्ञान केन्द्रका कृषी अर्थ बिज्ञ नित्यान्द जोशी, बाली बिकास अधिकृत जागृत खनाल लगाएत स्थानिय तथा मुख्यमन्त्री नमुना कृषी गाँउ (मसाला) कृषक समन्वय समिति दोधारा चाँदनीका पदाधिकारीको उपस्थिती रहेका थियो ।

मसाला उद्योग स्थापनाको लागी केही दिनमै मसाला उत्पादनको लागी प्रशोधन मसिन ल्याउन तयारी भएको मुख्यमन्त्री नमुना कृषी गाँउ (मसाला) कृषक समन्वय समिति दोधारा चाँदनीका उपाध्यक्ष बुद्धि देबी कठायतले जनाएका छन् । गत आर्थिक वर्षमा प्रशोधन केन्द्र निमार्ण, पावर टिलर खरिद र बितरण, सिचाई बोरिङ्ग खरिद र बितरण मसाला उत्पादनको लागी किसानहरुलाई बेसार, अदुवाको बिउ बितरण संगै मल समेत बितरण गरिएको कृषक समन्वय समिति दोधारा चाँदनीका उपाध्यक्ष बुद्धि देबी कठायतले बताएका छन् । गत वर्ष मसाला उद्योग स्थापनाको लागी रु. ५२ लाखको योजना तर्जुमा गरिएको थियो । जसमध्ये प्रदेश सरकारबाट रु. ४२ लाख र कृषक समन्वय समिति दोधारा चा“दनीबाट रु. १० गरि रु. ५२ लाखको कार्यक्रम अघि बढाईएको बताईएको छ् ।

यस आर्थिक वर्षमा समेत प्रदेश सरकारबाट रु. ५० लाखको मसाला उद्योग स्थापनाको कार्यक्रम तयारी भईरहेको हो । रु. ५० लाख मध्य १५ प्रतिशत कृषक समन्वय समिति दोधारा चाँदनीको लागत हुने बताईएको छ् । उद्योगको भवन निर्माण र केही सामग्री खरिदको काम गत वर्षनै गरिएको थियो । कृषक समन्वय समिति अहिले आएर प्रशोधन मेसिन खरिद कार्यमा जुटेको छ् । उद्योगमा चाहिने कच्चा पदार्थ उत्पादनका लागी किसानहरुलाई उत्पादनमा प्रोत्सान गर्ने कार्य गत वर्ष देख अघि बढाईएको छ् । कृषक समन्वय समितिले जग्गा भाडामा लिएर समेत मसालाको लागी चाहिने कच्चा पदार्थ उत्पादनमा जुटेको मुख्यमन्त्री नमुना कृषी गाँउ (मसाला) कृषक समन्वय समिति दोधारा चाँदनीले जनाएको छ् । आउदो फागुन सम्म मसाला प्रशोधन केन्द्र संचालन ल्याउने लक्ष्य राखिएको छ् । मुख्यमन्त्री नमुना कृषी गाँउ (मसाला) आय आर्जनका कार्यक्रममा कृषकलाई सहभागी बनाउने र समृद्धिको यात्रामा अगाडि बढ्ने प्रदेश सरकारको योजना छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img