बेलौरीमा तीन सय १५ जनाले कोरोना बिरुद्धको खोप लगाए


कञ्चनपुर

कञ्चनपुरको बेलौरीमा तीन सय १५ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन । कोरोना रोकथामका लागि अग्रमोर्चामा रहेर बेलौरी नगरपालिकामा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित कर्मचारीले खोप लगाएका हुन । बेलौरी नगरपालिका कोडिभ संयोजक मान बहादुर चन्दले पहिलो चरणमा बेलौरी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सहयोगीलाई खोप लगाईएको बताए ।

९८ महिला र २ सय १७ जना पुरुषले खोप लगाएको संयोजक चन्दले बताए । बेलौरी कोडिभ संयोजक चन्दका अनुसार ४५ स्वास्थ्यकर्मी, ६१ महिला स्वास्थ्यकर्मी, सशस्त्र प्रहरी ९०, प्रहरी १सय ३, सहयोगी ९ र अन्य गरि ७ जनाले खोप लगाएका छन । भारतसंग सीमा जोडिएको बेलौरी नगरपालिकाले गत बर्ष फागुनमै सीमा क्षेत्रमा हेल्थ डेस्क स्थापना गरेर कोरोना नियन्त्रणका लागि खटिएको थियो ।

बेलौरी नगरका मेयर पोतिलाल चौधरीले नगरपालिकाले शुरुवाती चरणदेखि नै कोरोना रोकथामका लागि सकृयतापुर्वक खटिएको बताए । मेयर चौधरीले कोरोना रोकथामका लागि स्थानीय सरकारका तर्फबाट समेत गरिएका प्रयासले ठुलो दुर्घटनाबाट जोगिएको बताए । मेयर चौधरीले अब नगरबासीलाई समेत खोप लगाईने बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img