नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर, जिल्ला शाखाले ४५ औं जिल्ला साधारण सभा सम्पन


कञ्चनपुर

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर, जिल्ला शाखाले ४५ औं जिल्ला साधारण सभा भव्यताका साथ सम्पन गरेको छ ।
मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र विश्वव्यापकता भन्ने आधारभूत सिद्धान्तहरु बोकेको रेडक्रसले सोही अनुसार समाजिक सेवा, आपत विपतमा कार्य गर्दै आइरहेको छ । विश्वका १९२ देशमा रहेको रेडक्रस नेपालको ७५ जिल्लामा रहेको छ । जन–जन मानविय विपत्ती आएको बेला समाजको अभिन्न अंगको रुपमा कार्य गर्ने नेपाल रेडक्रस प्रदेश अध्यक्ष केशव दत्त भट्टले बताए । म सेवा गर्छु भन्ने भावनाले ओतप्रोत भएका व्यक्तिले यस क्षेत्रमा कार्य गर्दा उपयुक्त हुने प्रदेश अध्यक्ष भट्टले बताए ।

विशुद्ध मानविय सेवा गर्ने उद्देश्यले स्थापित यस संस्थाले विभिन्न समयमा आउने आपत विपतमा निकै जोखिम उठाएर मानविय सेवा गर्दे आइरहेको छ । समाजसेवा गर्दै जाँदा आर्थिकको पनि जरुरत पर्ने हुनाले सबैले सहयोग गर्नु पर्नेमा जिल्ला प्रशासन प्रमुख रामकुमार महतोले जोड दिए ।नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले रगतको जरुरत परेको कुनै पनि बेला निःशुल्क रगत दिने व्यवस्था गरेको छ । जसले गर्दा घाइते, विरामीको उपचार गर्न सकिन्छ भने रगतको अभावले कुने पनि विरामीले ज्यान गुमाउनु नपरोस त्यसका लागि स्वस्थ्य र सफा रगत आवश्यक पर्न जान्छ । सबैले सेवा भावले ‘रक्त दान जिवन दान’ भन्ने मुल नाराका साथ उमेर पुगेका र स्वास्थ्य नागरिकले हरेक तिन महिनामा रक्त दान गनु पर्नेमा कञ्चनपुर रेडक्रस सोसाइटीका अध्यक्ष टेकराज उप्रतीले बताए ।

नेपाल रेडक्रस सोसाइटीको ४५ औं जिल्ला साधारण सभामा सभापत्वि सोसाइटीका अध्यक्ष टेकराज उप्रतीे रहेका थिए, प्रमुख अतिथिमा कञ्चनपुर जिल्ला प्रमुख रामकुमार महतो रहेका थिए । वार्षिक प्रगति प्रतिवेदन मन्त्री रघुनाथ भट्टले गरेका थिए भने वार्षिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष थिरेन्द्रचन्द्र भट्टले पेश गरेका थिए, कार्यक्रममा सञ्चालन मधु बोहराले गरेको थिइन भने स्वागत मन्त्वय मञ्जु दाहालले गरेको थिइन ।


Loading Viewer...

ताजा समाचार

spot_img