कञ्चनपुर

सिद्धार्थ होटलले स्थापना दिवसको अवसरमा मन्दिरमा सरसफाई गरेको छ भने महाकाली अञ्चल बाल अनाथालयमा खाद्यान्न वितरण गरेको छ ।


शुक्रबार २३ औँ स्थापना दिवसको अवसर पारेर विहान भीमदत्त नगरपालिका ४ महेन्द्रंनगरमा रहेको सिद्धनाथ मन्दिरमा सरसफाई गरिएको छ भने दिउसो महाकाली अञ्चल बाल अनाथालयमा खाद्यान्न वितरण गरेको छ । सिद्धार्थ होटलको २३ औँ स्थापना दिवसको अवसरमा गरिएको खाद्यान्न वितरण कार्यक्रममा चार कटटा चावल, एक बोरा आलु र एक पेटी तेल सिद्धाथ होटलको तर्फबाट बाल अनाथालयका अध्यक्ष पुर्ण बहादुर चन्द लाई हस्तान्तरण गरिएको थियो । सोही अवसरमा
अनाथालायमा रहेका साना बालकको हात बाट केक काटी सबैमा वितरण गरी २३ औ स्थापना दिवस मनाइएको थियो ।


उक्त हस्तान्तरण कार्यक्रममा कञ्चनपुर होटल व्यवसायी संघका अध्यक्ष जगदीश चन्द्र भट्ट, सिद्धार्थ होटलका म्यानेजिङ्ग डाईरेक्टर प्रमानन्द भण्डारी, म्यानेजिङ्ग डाईरेक्टर अपरेशन म्यानेजर एम कडेल लगायत बाल अनाथालयका पदाधिकारी सहितको सहभागिता रहेको थियो । सिद्धार्थ होटलले यस अघि पनि विभिन्न समय समयमा समाजिक कार्य गर्दै आईरहेको होटलका डाईरेक्टर प्रमान्नद भण्डारीले बताए ।






