कञ्चनपुर

सिद्धार्थ ग्रुपको २३ औँ बार्षिक उत्सवको उपलक्षमा न्यू आनन्द होटलले सिद्धनाथ मन्दिर परिसरमा सरसफाई गरेको छ । शुक्रबार आनन्द होटलका सम्पूर्ण कर्मचारीले मन्दिर परिसरलगायत मन्दिरको भित्र भागमा सरसफाई गरेको हो । संस्थाको समाजप्रतिको उत्तरदायित्व अन्तरगत २३ औ बार्षिँक उत्सवको अवसरमा मन्दिर परिसर सरसफाई गरेको आनन्द होटलका संञ्चालन प्रमानन्द भण्डारीले बताए ।



आन्तरीक पर्यटन प्रबद्धन समितिका प्रदेश संयोजक समेत रहेका भण्डारीले सिद्धार्थ ग्रुपको बार्षिक उत्सवको उपलक्षमा महाकाली बाल अनाथालयललाई खाद्यान्न वितरण गरिने बताए । साथै आज ग्राहकहरुलाई न्यू आनन्द होटलले आफ्ना सम्पूर्ण सेवाहरुमा १५ प्रतिशत छुटको व्यवस्था गरेको सिद्धार्थ ग्रुपका म्यानेजर यम बहादुर कडेँलले बताए । सिद्धाथ होस्पटलीटीले समय समयमा यस प्रकारको समाजिक कार्य गर्दा आईरहेको छ ।








