किन गर्छ उ बलात्कार ?


 

शंकर दत्त जोशी (सन्दिप)

बलात्कार र बलात्कार पछि हत्या सम्बन्धी जघन्य अपराधका केही दिन देखी निरन्तर बढ्दै गएको छ भने दोषी उम्कदै गईरहेको छ । जसले गर्दा अपराधीको मनोबाल बढदै गएको छ । एक चोटि समय मिलेर हेर्नु होला मेरो देश का बुद्धि जीबी वर्ग हु भन्नेहरु विधार्थी नेता, ति निमुखा जनताले मत दिएर पठाएका नेता अहिलेका खैला बैला मच्चाइरहेका खड्क ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बादल थापा लगायतका अहिले देशको मुख्य नेतृत्व बस्नु भएकाहरुले यो विषयमा बोल्नु पर्दैन !

अनि हाम्री महामहिम राष्ट्रपति तिम्रो नाम लिन पनि मलाई लाज लागेर आउछ तिम्री छोरी अथवा तिमी माथि यस्तो घटना भएको भए के गर्ने थियौं एक चोटी कल्पना गर ! बलात्कार र बलात्कार पछि हत्या सम्बन्धी जघन्य अपराधका केही दृष्टान्त मात्र हुन । उसो त बालबालिका माथी हुने कू हिंसाहरु बढी देखिने गरेका छन् । यसरि महिला तथा बालबालिकामा हुने गरेको घटनाहरुको अगाडी हाम्रो समाजमा बृद्धा समेत सुरक्षित रहन सकेका छैनन् । समाजका केहि नरपिचार पुरुषहरु एक पटक ठण्डा दिमागले सोच त । तिमीहरुले त्यो महिलाको पहिलो अंश र पहिलो घर हौ तैपनि कू दृष्टि किन ? तिमिहरुको जन्म पछि पनि शितल वर र पिपल हो किन गर्छ उ बलात्कार ? हुन देशमा कानुन वालाहरुनै बलात्कारीलाई संरक्षण गरेका छन् । बलात्कारीहरुलाई छुटाउन बचाउन सरकार नै लागी परेको देख्दा बलात्कार गरे आँफुलाई बहादुर ठान्नेहरु धेरै भयो देशमा महिला हिंसा तथा बलात्कारका घटना हेर्ने हो भन्ने असामान्य देखिन्छ ।

देशमा दैनिक ३ जना बालिकाहरु बलात्कृत हुने गरेका छन् । यति बेलाका दैनि समाचार बलात्कारका घटनानै मूख्य समचार बनेका छन् । मिडिया देखि सामाजिक सञ्जाल तथा सडक सडक मा बलात्कारी बिरुद्ध आवाज दैनिक उठ्ने गरेको भएपनि सरकार भने बलात्कारी बिरुद्ध कानुन निर्माण गर्न तल्लिन देखिदैन् । संसदमा समेत केहि सांसदले महिला असुरक्षित भएको भन्दै आवाज उठाउने गरेका छन् । तरपनि त्यस्ता किसिमका बुदामा सरकार गम्भिर बन्न सकेको छैन् । के अब सरकार बलात्कारीको बिरुद्ध बोल्नको निमित्त उनिहरुको छोरी चेलीमाथि बलात्कार हुन पर्ने हो ? देशमा महिला राष्ट्रपति भएरै पनि महिला तथा बालबालिकाहरुलाई एक खेलाउना बनाइएको छ । मानौ महिलाहरु एक छिनको खेलाउना हुन जस्ले गर्दा छिनभरको रमाईलोको लागि उस्को जीवननै अनत्य गरिदिन्छ । बिचरा त्यो महिला सिङ्गो संसार त्यागेर प्राण छाड्न बाध्य हुन्छे तर ज्यान लिने नरपिचारहरु खुलेआम हिडिरहेका हुन्छन् । अब त म सुरक्षित छु भनेर बस्ने अवस्था समेत रहेन् । सरकार सकिन्छ भने म अनि हामी महिला तथा बालबालिकाको संरक्षण गर । यदि सकिदैन भने बलात्कारीलाई फाँसीको सजायको ब्यबस्था तुरुन्त गर ।

(लेखक संस्थागत विद्यालयका शिक्षक युनियन कञ्चनपुरका जिल्ला सचिव हुन)


Loading Viewer...

ताजा समाचार

spot_img