कञ्चनपुर

नेकपा प्रचण्ड–नेपाल समुहले आज आह्वान गरेको नेपाल बन्द पुर्णरुपमा कञ्चनपुर जिल्ला बन्द गरिएको छ । कुनै पनि छोटो तथा लामो दुरीका यातायातका साधन चलेका छैनन भने सबै पसल बन्द गरिएका छन् ।


बन्द सफल पार्न हिडेका कार्याकर्ताले देउडा खेल मार्फत विरोध जनाएका छन् । उनीहरुले देउडा गितको माध्यमबाट ओलीको असम्बैधानिक कदमको विरोध जनाएका हुन् ।


आज भएको आम हडतालमा नेकपा कार्यकता, जिल्ला कमिटि सदस्य, प्रदेश कमिटि सदस्य तथा केन्द्रीय सदस्यहरुको उपस्थिती रहेको थियो ।






