कविता: अव्यक्त प्रेम

  • 139
    Shares

✍️ भूपि सरोवर
सिगास ०३ बैतडी
हाल काठमाडौं

बर्षौअघि दुश्मनले चुडालिदिएको प्यारको मुना
भर्खर भर्खर फेरि टुसाउदै थियो
तर अब उसको मन टुसाउन मन गर्दैन
म सर्प होइन
मौसमअनुसार काँचुली फेर्दै हिड्ने
म छेपारो पनि होइन
जो मौसमअनुसार आफ्नो रङ्ग फेर्दै हिड्छ
म त प्रेमप्यासी हुँ
जसको कमिले जुनसुकै बेला पनि सास रोकिन सक्छ
मलाई त केवल
तिम्रो त्यो कोमल,निश्चल मन चाहिएको हो
सक्छ्यौ भने पठाइदेऊ साझबिहान बाडुलीसङ्गै
होइन भने सधैंका लागि पठाइदेऊ
नचुडिने बलियो अनि सुन्दर तिम्रो पछ्यौरी
मेटाउनेछु जिन्दगीभर तिम्रा यादहरू
झुण्ड्याइदिनेछु भित्तामा समय झुण्ड्याए जसरी
बेरेर पछ्यौरी यादहरूका घाँटीमा !
  • 139
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

पालिका स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा भीमदत्त र बेलौरी बिजय

कञ्चनपुर, सुदूरपश्चिम प्रदेश खेलकुद क्षेत्र देखि लिएर एउटा क्रीकेटका उर्वरा भुमिका रुपमा परिचित रहेको एउटा कञ्चनपुर जिल्लाको सदरमुकाममा दोस्रो कञ्चनपुर क्रीकेट कप टि-२० प्रतियोगिताको दोस्रो...

लागु औषध सहित दुई जना पक्राउ

कञ्चनपुर जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी टोलीले दुई युवालाई लागु औषध सहित पक्राउ गरेको छ । बिषेश सुचनाको आधारमा कृष्णपुर नगरपालिका ४ बस्ने जिबन ऐर र...

फागुन मसान्तभित्र करको दायरामा आउनेलाई शुक्क तथा व्याज मिनाहा

 महेन्द्रनगर  आन्तरिक राजस्व कार्यालयले फागुन मसान्तभित्र करको दायरामा आउनेलाई शुक्क तथा व्याज मिनाहा दिने भएको छ । शुक्रबार आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरले ‘आर्थिक ऐन २०७७...

सशक्तीकरणमा जोडिदैँ विपन्न सामुदायका महिला

महेन्द्रनगर विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणका लागि सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले विभिन्न कार्यक्रम सञ्चालन गरे । कोरोना संक्रमणले सामाजिक र आर्थिक...

मझगाँउ विमान स्थल शुचारुका लागि टेण्डर भएसंगै स्थानीय र संघर्ष समिति आशावादी

महेन्द्रनगर लामो समयदेखि बन्द रहेको मझगाँउ विमानस्थल शुचारुका लागि टेण्डर भएपछि स्थानीय आशावादी भएका छन । मझगाँउ विमानस्थल संचालनका लागि आन्दोलनरत मझगाँउ विमान स्थल पूर्नसंचालन...